दमकमा बाक्लो हुस्सुसँगै शीतलहर, तीन दिन विद्यालय बन्द
नेपालबहस संवाददाता
पुस ७, २०७६ सोमबार १८:२६:१९
७ पुस दमक । चिसो अत्यधिक बढेपछि झापाको दमक नगरपालिकाभित्रका सबै विद्यालय आजदेखि तीन दिनका लागि बन्द भएका छन् ।
नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकोले दैनिक पठनपाठनमा असहज भएको हुँदा पुस ९ गतेसम्मका लागि नगरका सबै विद्यालय बिदा गर्न सूचित गरेको हो ।
अन्य बिदामा मिलान गर्ने गरी बिदा दिन नगरपालिकाको सूचनामा भनिएको छ । त्यस सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएको जनाइएको छ । यसअघि जिल्लाकै गौरीगञ्ज गाउँपालिकाले पनि जाडोका कारण दैनिक पठनपाठन सञ्चालन गर्न कष्टकर भएको भन्दै आगामी मङ्गलबारसम्मका लागि तीन दिन नै विद्यालय बिदा गर्ने सार्वजनिक गरिसकेको छ ।
इनरुवा : एक हप्तादेखि बढेको अत्यधिक चिसोको कारण इनरुवा नगरपालिकाले दुई दिनका लागि नगर क्षेत्रभित्र रहेका विद्यालयमा बिदा दिएको छ । इनरुवा नगरपालिकाले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण इनरुवा नगर क्षेत्रका विद्यालयमा सोमबार र मङ्गलबार बिदा दिएको नगरपालिकाका प्रमुख राजन मेहताले बताए।
चिसोमा बालबालिकालाई आउनजान र पठनपाठन गर्नका लागि समस्या हुने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए । नगरपालिकाले दिने गरेको विद्यालय बिदाको विषयमा विभिन्न टिप्पणी भएपछि नगरपालिकाले स्थानीय सरोकारवालासँग छलफल र परामर्शपछि मात्र बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार