शेयर बजारमा दोहोरो अंकको वृद्धिसँगै ६० करोड नजिकको कारोवार, बजारले लय समातेकै हो ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
पुस ७, २०७६ सोमबार २१:५५:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-10_EmR2h8HF48.png)
७ पुष, काठमाडाैं । साताको दोश्रो कारोवार दिन लगानीकर्तालाई दोश्रो बजार निकै उत्साहपूर्ण रह्यो । दोश्रो बजारमा दोहोरो अङ्कको वृद्धि देखियो भने कारोवार रकममा पनि राम्रो वृद्धि भएको छ ।
दोश्रो बजार परिसूचकमा १ दशमलव ५४ प्रतिशतको वृद्धि देखिएको हाे । दोश्रो बजार १७ दशमलव ७७ अंकले बढ्दै ११६८ दशमलव ५८ को विन्दुमा बन्द भएको छ ।
आज १७७ कम्पनीका १७ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोवार रकम पनि आकर्षक हिसाबले वृद्धि हुँदै ५९ करोड ५७ लाख पुगेको छ ।
आज उत्पादन तथा प्रशोधन उपसूचकमा सर्वाधिक वृद्धि देखियो । उत्पादन तथा प्रसोधन उपसुचकमा ५ दशमलव ११ प्रतिशतको वृद्धि देखियो । त्यस्तै अन्य उपसुचकमा ४ दशमलव ८६ प्रतिशतको वृद्धि देखियो ।
आज म्युचअल फण्ड बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ । बजारलाई मुख्य ड्राईभ गर्ने वाणिज्य बैंकहरुको उपसुचकमा भने सामान्य शुन्य दशमलव ३२ प्रतिशतको वृद्धि देखिएको छ । बजारले ठूलो बुल समात्न वाणिज्य बैंक उपसुचकमा पनि वृद्धि आउनु पर्ने देखिन्छ ।
आज बजार ११५० दशमलव ९३ को विन्दुमा खुले लगत्तै बजारले माथिल्लो दिशा समातेको थियो । बजार खुलेबाट नै घट्न नमानेकाले बजारको न्यून विन्दु र खुला विन्दु एकै रहेको छ । बजारले २ बजेर ५२ मिनेटमा ११६८ दशमलव ७९ को विन्दु समातेकोमा बजार बन्द पनि त्यही विन्दुमा भएको थियो ।
खुला विन्दु र न्यून विन्दु एकै हुनु, उच्च विन्दु र अन्तिम विन्दु एउटै जस्तै हुनु र कारोवार रकम वृद्धि हुनुलाई सकारात्मक प्रवृत्तिको रुपमा लिन सकिन्छ ।
आज नागरिक लगानी कोषको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । आज ६ कम्पनीको बजार मूल्य ९ प्रतिशत भन्दा माथि वृद्धि भएको छ ।
त्यस्तै सर्वाधिक गुमाउनेमा पाँचथर पावर कम्पनी माथि रहेको छ । पाँचथर पावर कम्पनीको बजार मूल्य ७ दशमलव ०१ प्रतिशतले घटेको छ । सर्वाधिक गुमाउने ५ कम्पनीको सूचीमा ४ हाईड्रोपावर कम्पनी रहेका छन् ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
हिजो जस्तै आज पनि शिवम सिमेण्ट्सको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । शिवम सिमेण्ट्सको ५ करोड ८५ लाखको शेयर खरिदबिक्री भएको छ ।
प्राविधिक विश्लेषण:
पहिलो प्रतिरोध : ११८० पहिलो टेवा : ११५०
- प्राविधिक बिश्लेषण अनुुसार नेप्से हाल प्रतिरोध क्षेत्रतिर नजिकिदै गएको छ । आज बजार खुलेदेखि खरिदकर्ताको चाप रहेको छ र कारोबार रकम पनि बढेको छ ।
- आजको बजारले “बुलिस मारुबोजु” मैनबत्ती आकृति बनाएको छ । यसले बजारमा माग बढी रहेको जानकारी गराउँदछ र अर्को दिन पनि आपूर्तीभन्दा माग बढी हुने संकेत गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ६५ दशमलब ३२ को बिन्दुमा छ । आरएसआई अक्सिलेटरले बजारमा माग बढी रहेको जानकारी गराएको छ ।
- “एडिएक्स” तथा जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले बजारमा पुन क्रेताको चाप हुन थालेको देखाएको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेता बढेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११८०को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११५० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार