‘राष्ट्रिय च्याउ जागरण’ अभियान चलाइँदै
नेपालबहस संवाददाता
पुस ७, २०७६ मंगलबार ३:१६:२१
७ पुस काठमाडौं । च्याउ उत्पादक किसान सङ्घ, नेपालले च्याउको महत्व बुझाउन मेची–महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
च्याउ किसानका विषयमा राज्य गम्भीर नभएको र उचित प्रचारप्रसारको अभावमा उपभोगको दरसमेत न्यून रहेकाले देशव्यापीरुपमा च्याउको महत्व बुझाउन जागरण अभियान चलाउन लागिएको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा किसानले बताएका छन् ।
सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले यही पुस ९ गते झापाको काँकडभिट्टाबाट शुरु हुने मेची–महाकाली राष्ट्रिय च्याउ जागरण अभियान पुस २९ गते काठमाडौँमा आएर समापन गरिने जानकारी दिए । अभियानका लागि काठमाडौँबाट ३५ जना च्याउ उत्पादक किसानको टोली आज त्यसतर्फ प्रस्तान गरेका छन् ।
उनका अनुसार च्याउ उत्पादनमा कच्चा पदार्थको अभाव, गुणस्तरीय बीउ र बीमाको समस्या र बजारको अभाव रहेको छ । सरकारले कृषि विभागअन्तर्गत रहेको व्यावसायिक कीट विकास केन्द्रलाई च्याउ क्षेत्र हेर्ने जिम्मेवारी दिएको छ । पटकपटक अनुरोध गर्दा केन्द्रले च्याउ क्षेत्रको समस्यामा गम्भीर नभएको अध्यक्ष अधिकारीले बताए ।
नेपालमा व्यावसायिकरुपमा च्याउखेती शुरु भएको करीब चार दशकको अवधिमा च्याउको मूल्य अहिलेसम्म बढ्न नसकेको किसानले गुनासो गरेका छन् । नेपालमा कन्ये र गोब्रेका साथै सिताके, मिल्की, ग्यानोडर्मालगायत जातका च्याउको उत्पादन हुँदै आएको छ ।
कूल मागमध्ये २५ प्रतिशत मात्रै मुलुकमा उत्पादित च्याउले धानेको किसानले बताएका छन् । च्याउखेतीमा निजी क्षेत्रको करीब रु एक अर्ब २५ करोड बराबरको लगानी रहेको किसानले बताएका छन् । आयातित च्याउको प्रयोग भइरहे पनि नेपालमै उत्पादित च्याउको बजारीकरण हुन नसकेको किसानले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार