के तपाईंलाई चिसोमा ब्लडप्रेसर बढेको छ ? होसियार ज्यानै जान सक्छ !
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार १५:१:४०
८ पुस काठमाडौं । के तपाईंलाई चिसोको समयमा रक्तचाप ‘ब्लडप्रेसर’ बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ ।
जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन् ।
चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो मुटुका धमनी पनि बिग्रदै जान्छ । मुटुरोग विशेषज्ञ डा। प्रेमराज वैद्यले जाडो भएपछि चिल्लो र गुलियो बढी खाँदा सुगर र कोलेस्ट्रोल बढेर हृदयाघात हुने सम्भावना रहने बताए ।
कडा खालको हृदयाघात ‘मुटुको बृहत् क्षेत्रमा रक्तप्रवाह अवरोध’, मुटुको चालमा गडबडी, मुटुको जन्मजात समस्या, मस्तिष्कको रक्तनलीमा रगतको थेग्ला जमेर मस्तिष्कघात हुँदा, मुटुको ठूलो धमनी फुट्दा, फोक्सोका ससाना नलीमा थेग्ला जम्दा, मुटुरोगीको मुटु फेल हुँदा आकस्मिक मृत्यु हुन सक्ने चिकित्सक बताउँछन् ।
चिसोमा मुटुको रक्त धमनी साँघुरिदा ब्लडप्रेसर बढ्ने डा. खनालले बताए । चिकित्सकका अनुसार चिसोबाट जोगिनु नै यसबाट बच्ने उत्तम उपाय हो । विदेशमा गरिएका केही अध्ययनले गर्मीभन्दा जाडोमा समग्रमा हर्टअट्याकको घटना ५० प्रतिशतले बढ्ने देखाएको छ ।
यस्तै, चिसोको समयमा गुलियो र बढी चिल्लो खाँदा सुगर, कोलेस्ट्रोल भई त्यसले हर्टअट्याकसमेत हुन सक्छ । राजधानी दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार