झारखण्ड विधान सभा चुनाव : भाजपाकाे लज्जास्पद हार
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार १६:२१:३४
८ पुस एजेन्सी । भारतको सत्ताधारी भारतीय जनता पार्टी ‘भाजपा’ ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा लज्जास्पद हार बेहोरेको छ ।
निर्वाचन आयोगका अनुसार मुख्य विपक्षी दल भारतीय कांग्रेस पार्टी र उसको क्षेत्रीय गठबन्धनले ८१ सीटमध्ये ४७ सिटमा जित हासिल गरेको छ भने भाजपाले २५ सिटमा जित हासिल गरेको छ ।
त्यस्तै झारखण्ड विकास मोर्चाले ३ सिटमा जित हासिल गरेको छ भने अल झारखण्ड स्टुडेन्ट युनियनले २ सिट जितेको छ । कम्युनिष्ट पार्टी इन्डियाले एक र नेस्नालिष्ट काँग्रेस पार्टीले एक सिट जितेको छ भने स्वतन्त्र २ जनाले जितेका छन् ।
योसँगै भारतीय सत्तारुढ दल भाजपाले राजस्थान, मध्यप्रदेश, छात्तिसगढ़ र महाराष्ट्रपछि पाँचौ राज्य झारखण्डमा पनि आफ्नो सत्ता गुमाएको छ । यस निर्वाचनमा झारखण्डका मुख्यमन्त्री रघुवीर दाससहित ५ मन्त्री पराजित भएका छन् । मुख्यमन्त्री दासलाई भाजपाकै बागी उम्मेदवार तथा उनकै मन्त्रीमण्डलका खाद्य मन्त्री एवं संसदीय कार्यमन्त्री सरयु रायले हराएका छन् ।
हालै सम्पन्न लोकसभा चुनावमा झारखण्डमा भाजपाले ५१ प्रतिशत मत प्राप्त गरेकोमा यस विधानसभा चुनावमा भने भोट घटेर ३३ प्रतिशत पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार