चितवनमा पहिलो पटक ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार १८:१९:०
८ पुस काठमाडौं । आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घर जग्गा तथा सजावट र फर्निचरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका २ वटा एक्स्पो आयोजना हुने भएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनीस्थलमा माघ ८ देखि ११ गतेसम्म नेपाल ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पोसँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो आयोजना हुने भएको हो । ए एस इभेण्ट एण्ड मार्केटिङ प्रालि र इभेण्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा दुवै मेलाको आयोजना हुन लागेको हो ।
पछिल्लो समय आधुनिक शैलीमा घर तथा आवासीय भवनको निर्माण तिब्र बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै चितवन प्रदर्शनीस्थलमा मेला आयोजना गर्न लागिएको हो । घर जग्गा तथा निर्माण मेलामा आधुनिक शैलीका गुणस्तरीय निर्माण सामग्री र प्रविधि आकार्षण बन्ने ए एस इभेण्ट एण्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए ।
‘जगदेखि निर्माण पछिको अन्तिम सजावटसम्मका सबै सामग्री र त्यसको प्रविधिका बारेमा सर्वसाधारण, व्यवसायी र सम्बद्ध पक्षलाई जानकारी गराउन एकै छानामुनी दुई वटा मेला आयोजना गर्न लागिएको हो ’ श्रेष्ठले भने । फर्निचर तथा सजावट मेलाको टाइटल स्पन्सरमा जेम फ्लोरिङ रहेको छ भने हाइटेक्स कार्पेटले मुख्य प्रायोजन गर्नेछ ।
त्यसै गरी दुवै मेलालाई उद्योग परिसंघ र चितवन उद्योग संघले प्रवद्र्धन गर्ने छन् । रेष्ट्रोलोजी, अधिकारी क्रिएटिभ कन्सर्न र ब्रिज एजुकेशन फाउण्डेसनले दुवै मेलालाई सपोर्ट गर्ने छन् ।
विलासिताबाट अपरिहार्य बन्दै गएको फर्निचर तथा सजावटका उत्पादनलाई पनि एकै पटक मेलामा आकर्षणका रुपमा समावेश गरिएको अर्को आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । चार दिनसम्म चल्ने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार