पूर्वराजाका महान्यायधिवक्ता निराला न्याय परिषद सदस्यमा सिफारिश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार १९:४८:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/Laxmi-bdr-Nirala_WvVY2oFRRY.jpg)
८ पुष, काठमाडौ । न्याय परिषदको रिक्त सदस्य पदमा शाही सरकारका महान्यायाधिवक्ता लक्ष्मीबहादुर निरालाको नाम सिफारिश भएको छ । परिषदमा सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने कोटामा प्रधानमन्त्री केपी ओलीले पूर्वराजा ज्ञानेन्द्रका महान्यायाधिवक्ता निरालालाई सिफारिश गरेका हुन् ।
यसअघि परिषद सदस्य रहेका पदमप्रसाद बैदिक सर्वाेच्च अदालतको न्यायाधिश बन्ने उद्देश्यले राजिनामा गरेका थिए । सोही रिक्त पदमा निरालाको नाम सिफारिश भएको हो । बैदिकको नाममा सहमति नजुट्दा उनी सर्वाेच्चको न्यायधिश बन्नबाट समेत बञ्चित भएका छन् ।
२०६२ पुसदेखि २०६३ वैशाख १५ सम्म तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाही सरकारका बेला निराला महान्यायधिवक्ताका रुपमा कार्यरत थिए । ओली सरकारले उनै निरालालाई अहिले न्याय परिषद सदस्यमा नियुक्ति गर्न सिफारिश गरेपछि सत्तारुढ नेकपा भित्रै विवाद बढेको छ । साथै न्यायिक क्षेत्रमा समेत निरालाको नाम सिफारिश भएपछि खैलाबैला भएको छ ।
कुन शक्ति र तत्वको दवावमा कम्युनिष्ट सरकारले शाहीकालिन महान्यायधिवक्तालाई किन परिषद सदस्यमा सिफारिश ग¥यो , अनौठो लागेको छ – एकजना वकिलले प्रश्न गरे । समितिको आज बसेको बैठकले निरालाको नाममा संसदीय सुनुवाई समितिमार्फत उजूरी आह्वान गर्ने निर्णय गरेको छ ।
यसका लागि १० दिनको म्याद दिइएको छ । न्याय परिषदको अध्यक्षमा प्रधानन्यायधिश र सदस्यमा सर्वाेच्चका एक जना वरिष्ठ न्यायधिश , कानून मन्त्री र नेपाल बार एसोसिएशनको सिफारिशमा नियुक्त एकजना सदस्य रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्लीमा नयाँ मुख्यमन्त्री पदको दौडमा क-कसको नाम छ ?
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
दिल्लीमा नयाँ मुख्यमन्त्री पदको दौडमा क-कसको नाम छ ?
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार