पुस महिनाको पहिलो सातामै सरकारी कार्यालय सुनसान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ८, २०७६ बुधबार ०:५२:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/karmacharibihin_YPqs2ALaBJ.jpeg)
८ पुस सिमकोट । हुम्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २० वटा सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् ।
चिसो छल्न पुस महिनाको पहिलो सातामै कार्यालयका प्रमुखले जिल्ला छोड्न थालेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । जिल्लाको नियमनकारी निकायको प्रमुख मानिने जिल्ला प्रशासन कार्यालयसमेत प्रमुखविहीन बनेको छ ।
दैनिकजसो नागरिकता, भिसा बनाउन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीडभाड हुने भएता पनि प्रमुख जिल्ला अधिकारी नहुँदा समस्या भएको छ । मङ्सिर अन्तिम सातामा भारी हिमपात भएपछि चिसो बढ्दै गएपछि सरकारी कार्यालयहरुका प्रमुख जिल्ला बाहिर जान थालेपछि सेवा प्रभावित भएको छ ।
प्रमुखविहीन सरकारी कार्यालयमा जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, यारी भान्सार कार्यालय, सिँचाइ सवडिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, भेटेनरी तथा पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय रहेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए। उनका अनुसार नेपाल खाद्य संस्थान, सरकारी वकिल, अनुसन्धान, जिल्ला अस्पताल, डिभिजन वन, स्याउजोन, हिल्दुम वितरण केन्द्र, जिल्ला समन्वय समिति, सिमको हिल्सा सडक आयोजना, कृषि विकास बैंक, सिँचाइ, नयाँ भैरवी दल गुल्म, भौतिक पूर्वाधार, शिक्षा तथा समन्वय एकाइ समिति, आलु बाली विकासका प्रमुख समेत चिसो छल्दै जिल्ला बाहिर गएका छन् ।
कार्यालय प्रमुख जिल्ला बाहिर रहँदा खरिदार तथा कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भएको साथै यसले सेवा प्रवाहमा समस्या परेकोसमेत सहायक प्रजिअ हमालले बताए । हिमाली जिल्लाका कर्मचारी हिउँद लागेसँगै चिसो छल्न जिल्ला छोड्ने गर्दछन् ।
जिल्लामा चिसो बढेसँगै यस जिल्लाका सरकारी कार्यालय सुनसान देखिन्छन् । जिल्ला कृषि विकास कार्यालयमा १३ जनाको दरबन्दीमध्ये हाल पाँच जना कर्मचारीको दरबन्दी रहेता पनि कार्यालय प्रमुख नै जिल्ला बाहिर रहेका छन् ।
केन्द्र सरकारले दुर्गम जिल्लामा सरकारी कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नपठाउँदा काम कामकाजमा समेत समस्या हुने कृषि विकास कार्यालयका निमित्त गगन रावलले बताए । दरबन्दीअनुसार कर्मचारी नहुँदा दैनिक काममा समेत समस्या हुने गरेको छ । तेह्र जनाको दरबन्दी रहेको कृषि विकास कार्यालयमा कार्यालय प्रमुख, लेखापाल, आफूसहित दुई जना कार्यालय सहयोगीमात्रै रहेको उनले बताए ।
जिल्लाका सरकारी कार्यालय प्रमुख जिल्ला बाहिर गोष्ठी, तालीमलगायतको निउँमा जिल्ला बाहिर जाने हुँदा यहाँका स्थानीलयलाई सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ । जिल्ला भेटेनरी तथा पशु सेवा कार्यालयमा दैनिकजसो पशुपालक कृषक औषधि र विभिन्न कामले आउने गरे पनि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले रित्तो हात फर्कनुपर्ने बाध्यता छ । गाउँबाट सेवाग्राही सेवा लिन आएता पनि प्रमुख नहुँदा फिर्ता पठाउने गरेको तल्लो तहका कर्मचारीहरुको भनाइ रहेको छ ।
सीमा भन्सार कार्यालय स्थानान्तरण
नेपाल र चीनको सिमानामा रहेको हिल्सा भन्सार कार्यालय स्थापना सदरमुकाम सिमकोटमा सारिएको छ । हिमपातले चिसो बढेपछि हिल्सामा रहेको भन्सार कार्यालय प्रमुखविहीन बनेको छ ।
मङ्सिर महिना शुरु भएपछि जिल्लामा चिसो चिसो बढेको छ । चिसो बढेसँगै सीमा भन्सार कार्यलयमा काम गर्न र हिल्सामा बस्न नसक्ने भएपछि कार्यालय बन्द गरेर सदरमुकाम सिमकोट सारिएको यारी नाका भन्सार कार्यालयका प्रमुख कालेबहादुर राई हायुले बताए ।
गत वर्षको जेठ महिनामा हिल्सामा रहेको भन्सार कार्यालय सञ्चालनमा आएको थियो । उनले भने, “आफू सरुवा भएर जिल्ला बाहिर नेपालगञ्जनमा रहेको भन्सार कार्यालयमा शुरु भएको हुँदा अहिले यारी भन्सार कार्यालय प्रमुखविहीन बनेको बताए ।”
सात महिनाको अवधिमा हिल्सा भन्सार कार्यालयले राजश्व गत वर्ष रु चार लाख सङ्कलन गरेको थियो भने यो वर्षमा रु चार लाख नौ हजार सङ्कलन भएको प्रमुख हायुले बताए । अहिले सिमकोटमा रहेको सम्पर्क कार्यालयमा दुई जना कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय चलेको उनले बताए ।
आफू नेपालगञ्ज रहेको भन्सार कार्यालयमा सरुवा हुँदा हुम्लाको भन्सार कार्यालय प्रमुखविहीन बनेको बताए । दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्या भएको उनको भनाइ छ । हिल्सामै रहेको अध्यागमन कार्यालयका कर्मचारी पनि कार्यालय बन्द गरेर सदरमुकाम सिमकोट आइपुगेका छन् । भन्सार कार्यालय र अध्यागमन कार्यालय बन्द गरी सिमकोट आएपछि हिल्सा नाका कर्मचारीविहीन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
असार १५, २०८१ शनिबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार