अर्बुदरोगबाट बच्नका लागि आहारविहारमा ध्यान दिन आग्रह
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १२:४०:४०
९ पुस काठमाडौं । क्यान्सर काउन्सिल नेपालद्वारा आयोजित क्यान्सर रोग विषयक सचेतना कार्यक्रममा यस रोगसँग बच्नका लागि आहारविहारमा विशेष ध्यान दिनु आवश्यक भएकामा जोड दिइएको छ ।
आहारबिहार र असावधानीका कारण धेरै व्यक्ति क्यान्सरको जोखिममा परेको बताउँदै कार्यक्रमका वक्ताले यस सम्बन्धमा बेलैमा सचेत बन्नुपर्ने आवश्यकता औँल्याए । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले रहनसहन, आहारबिहार र असावधानीका कारण धेरैले क्यान्सर रोगबाट ज्यान गुमाउनुपरेको बताए ।
सुर्तीजन्य पदार्थ, मदिरा आदिको सेवनले क्यान्सर रोग बढाउने गरेको बताउँदै उनले कतिपयले बेलैमा सावधानी अपनाउन नसक्दा पनि यसको मारमा पर्ने गरेको बताए ।
विश्वमा सन् २०१८ मा क्यान्सरकै कारण करीब १० लाख जनाले ज्यान गुमाएको बताउँदै उनले त्यसमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण २२ प्रतिशतले ज्यान गुमाएको उल्लेख गरे । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले बेलैमा सचेत हुने हो भने क्यान्सरबाट हुने जोखिममा कमी ल्याउन सकिने बताए ।
काउन्सिलले ठाउँ ठाउँमा यस किसिमका सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँदै उहाँले क्यान्सर सम्बन्धमा सर्वसाधारणको सचेतना अपरिहार्य हुने बताए । सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रणलगायत आहारबिहारमा ध्यान पु¥याउने हो भने त्यसले क्यान्सरजन्य रोगबाट बच्न धेरै सहयोग पुग्ने उनको भनाइ छ ।
पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले समाजमा क्यान्सर विषयक सचेतना कार्यक्रम बढाउँदै सर्वसाधारणलाई यसबाट बच्न सहयोग पु¥याउन सकिने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
हेटौँडा उपमहानगरपालिकाद्वारा ६ महिनामा १९ करोड राजस्व संकलन
माघ ८, २०८१ मंगलबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार