सप्तरीको उत्तरी र पूर्वी भेगमा हात्तीको उपद्रो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ८, २०७६ बुधबार २:४६:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/jungali-hatti_20irtoVQAa.jpg)
८ पुस राजविराज । सप्तरीको उत्तरी र पूर्वी भेगका बस्तीका जनता जङ्गली हात्तीको आतङकबाट पीडित भएका छन् । सो क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्कने जङ्गली हात्तीले घरमा तोडफोड गर्नुका साथै अन्न बालीनालीमा क्षति गर्दै आएका छन् ।
पछिल्लो पटक सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा हात्तीको एक समूहले एक घर भत्काइको छ । जङ्गलबाट आएको हात्तीको एक समूहले शम्भुनाथ नगरपालिका–२ स्थित खैरवनाका स्थानीयवासी उज्जवल रहपालको घर भत्काउँदा हजारौं मूल्य बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।
हात्तीको समूहले घर भत्काएर अन्नबालीसमेत खाएर नष्ट गरेको स्थानीय बासिन्दाले जनाएका छन् । यस्तै हात्तीले शनिबार राति पनि रुपनी गाउँपालिकामा मात्र आधा दर्जन घरमा तोडफोड गरेका छन् ।
मध्यरातमा आएका हात्तीको समूहले घरको टाटी भत्काएर धानको भकारी बाहिर लगेर १० मनभन्दा बढी धान खाएको हात्ती पीडित फुदाइलाल चौधरीले बताए । तीन वटा समूहमा आएको हात्तीले तरकारी बाली, घर र अन्नपात गरी रु ५० हजारभन्दा बढी मूल्य बराबरको क्षति गरेको उनले गुनासो पोखे । हात्तीले स्थानीय गीता थापाको घरमा समेत दोस्रो पटक आक्रमण गरी रु १० हजारको क्षति गरेको पीडितले जनाएको छ ।
हात्तीको समूहले सोही ठाउँका गिरजादेवी यादव, गोकुल तामाङ, श्रीराम विश्वकर्मा, दिव्यप्रकाश चौधरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का दुर्गानन्द चौधरीको घरमा समेत आक्रमण गरी लाखौँको क्षति गरेको स्थानीय वीरेन्द्र बजारका वृजमान तामाङले जानकारी दिए ।
हात्तीले गरेको क्षति र सर्वसाधारणमा फैलिएको आतङ्कले आफूलाई दुःखी बनाएको बताउँदै रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले हात्ती नियन्त्रणमा सफल हुन नसकेको प्रतिक्रिया दिए । जनताको समस्या सामाधानका लागि सरोकारवालासँग निरन्तर छलफल र पहल गरे पनि निकास आउन नसकेको उनले उल्लेख गरे ।
यस्तै दैनिक हात्ती आतङ्कले पीडित भएको अवस्थामा अग्निसाइर कृष्णासवन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले पीडितलाई राहत दिने र साथै क्षतिपूर्तिका लागि सिफारिस बाहेक अरू केही गर्न नसकेको स्वीकार्दै हात्ती नियन्त्रणमा ठोस कदम उठाउन नसकेको स्थानीयवासीको भनाइ छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निसकिने हात्तीले अहिलेसम्म सप्तरी जिल्लामा करिब ३० देखि ३५ जनाको ज्यान लिइसकेको अनुमान गरिएको छ । त्यस्तै जिल्लाको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा जङ्गली हात्तीको एक समूहले पुस १ गते तीन वटा घरमा समेत क्षति गरेका छन् ।
दर्जनौँ व्यक्ति हात्ती आतङ्कबाट पीडित भएका छन् भने साथै किसानले खेतबारीमा लगाइएको अन्नबालीसमेत नष्ट गर्दै आएको पीडितले गुनासो गरेका छन् ।
गत मङ्सिरमा पनि जिल्लाको कञ्चनरुप नगरपालिका–६ बस्ने सीतादेवी सदाको जङ्गली बँदेलको आक्रमणबाट मृत्यु भएको थियोे भने सोही दिन सोही नगरपालिका–१२ बस्ने ७५ वर्षका सनमान भुजेलको जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका थिए ।
यस्तै गत मङ्सिरमै जिल्लाको कञ्चनरुप नगरपालिका–७ बालुवामा दामोदर महतोको घरमा जङ्गली हात्तीको समूहले लाखौँको क्षति गरेको थियो । बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट जिल्लाको सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, हनुमाननगर कन्कालिनी नगरपालिका, रुपनी गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका र शम्भुनाथ नगरपालिकाका विभिन्न बस्तीमा दैनिक हात्ती आतङ्कले रातभरी जागाराम बस्नु परेको कञ्चनरुप नगरपालिकाका स्थानीय राजकुमार पासवनले बताए ।
सप्तरीको उत्तरी क्षेत्रका विभिन्न गाउँमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निसकेका हात्ती दैनिक जङ्गली हात्तीले ठूलो जनधनको क्षति गरी आतङ्कित बनाउँदासमेत नियन्त्रणका लागि सरोकारवाला निकाय मौन रहेको स्थानीयबाट गुनासो छ ।
विगत पाँच वर्षदेखि निरन्तर दैनिक दर्जनौँ घर तोडफोड गरी हात्ती प्रभावित क्षेत्रका बासिन्दा जोखिमपूर्ण जीवन बिताइरहँदा समेत नियन्त्रण गर्न स्थानीय सरकार, स्थानीय प्रशासन, डिभिजन वन कार्यालय र सरोकारवालाको पटकपटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको पीडितहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार