उन्नत बीउ उत्पादनमा सफलता
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १४:११:५०
९ पुस रुपन्देही । झण्डै एक लाख किसानलाई प्रत्यक्ष फाइदा पु¥याएर किसानका लागि उन्नत बीउबिजन कार्यक्रम परियोजना समाप्त भएको छ । परियोजनाद्वारा मङ्गलबार बुटवलमा आयोजित समापन कार्यक्रममा ग्रामीण परिवारको आयआर्जन बढाउन कार्यक्रम सफल भएको जानकारी दिइयो ।
कृषि विकासका लागि अन्तरराष्ट्रिय कोषको आर्थिक सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालले गुणस्तरीय बीउबिजनको वितरण तथा कृषि व्यावसायीकरणका माध्यमबाट कृषकको जीवनस्तर उकास्न प्रदेश नं ५ का रुकुमपूर्व, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची गरी पाँच जिल्ला र प्रदेश ६ को रुकुमपश्चिम र सल्यान मा २६९ उपआयोजना सञ्चालन गरेको थियो ।
कार्यक्रममा प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशको कृषि उत्पादन बढाउन किसानलाई अनुदान कार्यक्रम ल्याइएको बताए। उनले बीउबिजन कार्यक्रमले शुरुआत गरेका राम्रा कामलाई प्रदेश सरकारले निरन्तरता दिने जनाउँदै किसानको हितका लागि कृषि कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे ।
प्रदेश सरकारले कृषक पाठशाला सञ्चालन गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले परियोजना सकिए पनि किसानको हितमा भएका कार्यक्रमले निरन्तरता पाउने जानकारी दिए।
कार्यक्रमका व्यवस्थापक कौशलकुमार पौडेलले औपचारिक बीउबिजन क्षेत्रको विस्तार, साना पशुपालन किसानको व्यावसायीकरण तथा स्थानीय उद्यमशीलता एवं संस्थागत विकासको माध्यमद्वारा ग्रामीण कृषकको आयस्तर वृद्धि गर्न कार्यक्रम सफल रहेको दाबी गरे।
उनले कार्यक्रमको उद्देश्यअनुसार तरकारी, बीउ उत्पादन, नश्ल सुधार, आहार व्यवस्थापन, पशु स्वास्थ्यमा सुधार, बाख्रा एवं दुग्धजन्य क्षेत्रको विकासमा उल्लेख्य सफलता हासिल गरेको बताए ।
कार्यक्रममा रोल्पा जिल्ला समन्वय समितिका संयोजक राजबहादुर बुढा, प्यूठान उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारमान कक्षपती, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ का वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरे, सुधीर थापालगायतले किसानको जीवनस्तर सुधारमा कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा १९ विभिन्न जिल्लाका उत्कृष्ट अनुदानग्राहीलाई सम्मान तथा नगदसहित पुरस्कृत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार