ए डिभिजन लिगमा आज दुई खेल हुँदै
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १४:१७:५३
९ पुस काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबार दुईवटा खेल हुँदै छन् । बुधबारको पहिलो खेलमा मच्छिन्द्र क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल दिउँसो १२ बजेपछि एन्फा मैदान सातदोबाटोमा हुनेछ ।
यसअघि भएका दुई मध्ये एकमा जित एकमा बराबरीसहित मच्छिन्द्र क्लबले चार अंक जोडेको छ । यसअघिका दुवै खेलमा पराजित भएको फ्रेण्ड्स क्लब पहिलो जितको खोजीमा छ ।
बुधबार नै हुने अर्को खेलमा च्यासल युथ क्लबले ले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । च्यासलले यसअघि भएका दुई मध्ये एकमा जित र एक खेलमा बराबरी गरेर चार अंक जोडेको छ । च्यासलले पहिलो खेलमा संकटालाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा मच्छिन्द्रसँग १–१ को बराबरी खेलेको थियो ।
दुवै खेलमा च्यासलका लागि सन्तोष साहुखलले गोल गरेका थिए । उनले घरेलु लिगमा अहिलेसम्म ९९ गोल गरिसकेका छन् । बुधबारको खेलमा एक गोल गर्न सकेमा उनी घरेलु लिगमा १०० गोलको आँकडा पूरा गर्ने पहिलो खेलाडी हुने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता, नेपाल र चीनका खेलाडी सहभागी हुने
कात्तिक २१, २०८१ बुधबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
विश्वकप लिग–२ क्रिकेटः अमेरिकासँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार