भारतीय कप्तान कोहली टेष्ट वरियताको शीर्ष स्थानमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १४:४७:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/virat-kohli-century_ue19gqtuYB.jpg)
९ पुस एजेन्सी । भारतीय कप्तान विराट कोहली टेष्ट वरियताको शीर्ष स्थानमा रहेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ले सार्वजनीक गरेको पछिल्लो वरियता अनुसार स्टार ब्याट्सम्यान कोहलीले शीर्ष स्थानमा रहँदै यस बर्षको अन्त्य गर्ने भएका हुन् ।
कोहलीको ९ सय २८ रेटिंग अंक रहेको छ । उनी अष्ट्रेलियाका स्टिभ स्मिथभन्दा १७ अंकले अगाडी छन् । न्युजिल्याण्डका कप्तान केन विलियम्बु ८ सय ६४ अंक सहित तेस्रो स्थानमा छन् ।
चेतेश्वर पुजारा ७ सय ९१ ऋंक सहित चौथो स्थानमा यथावत छ । आजिन्क्या रहाणे सातौ स्थानमा झरेका छन् । उनको स्थान पाकिस्तानका बाबर आजमले लिएका छन् ।
आजमले श्रीलंकाविरुद्व कराचीमा दोस्रो टेष्ट खेलमा शतक र ६० रन बनाएका थिए । उनले तीन स्थान सुधार गर्दै छैटौ स्थानमा उक्लिएका हुन् । उनको करियरको उच्चतम वरियता प्राप्त गरेका हुन् ।
टेष्ट वरियताको बलिङतर्फ अष्ट्रेलियाका पेट कमिन्स शीर्ष स्थानमा छन् । भारतीय स्टार जसप्रित बुमराह छैटौ स्थानमा छन् । बुमराह चोटका कारण दक्षिण अफ्रिकाविरुद्वको सिरिज बाहिर छन् ।
टेष्ट अलराउण्डरमा वेस्ट ईन्डिजका जेसन होल्डर शीर्ष स्थानमा छन् । रविन्द्र जडेजा दोस्रो स्थानमा रहेका छन् । टेष्टको विश्व वरियतामा भारत शीर्ष स्थानमा रहदाँ अष्ट्रेलिया दोस्रो, पाकिस्तान तेस्रो, श्रीलंका चौथो, न्युजिल्याण्ड पाँचौ र ईङ्ल्याण्ड छैटौ स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार