पत्रपत्रिकामा आज : ‘रहेन ‘दुईतिहाइ’ को शक्ति’
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १५:५:८
९ पुस काठमाडौं । राजधानीबाट बुधबार प्रकाशित दैनिक पत्रिकाहरुले विभिन्न फरकफरक विषयका समाचारलाई महत्वका साथ प्रकाशित गरेका छन् । आज विशेष गरि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएको खबरले राजनीति तरंगित भएको छ ।
यसले प्रदेश २ को सरकारसमेत परिवर्तन हुने संकेत देखिएको छ । सरकारको नेतृत्व गरेको नेकपा र प्रधानमन्त्रीले सहमति तोडेकोले सरकारमा बस्नुको औचित्य नभएको भन्दै समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यस्तैं सोमबार काठमाडौंबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकको अनुसन्धान नेपालमा नै हुने भएको छ । अनि चिनियाँ राजदूतलाई ट्विटरमा फलो गर्दा पुरस्कार पाइने भएको छ ।
कान्तिपुर दैनिकले भत्काइए ६० छाउगोठ शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार मंसिर १५ गते राति अछामको साँफेबगर नगरपालिका–३ सिद्धश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो । उक्त घटनापछि अछामका जनप्रतिनिधि र राजनीतिक दललगायत सरोकारवालाले पुनः छाउपडीविरुद्ध अभियान चलाएका छन् । साँफेबगर–३ का वडाध्यक्ष कृष्ण बुढाका अनुसार पार्वतीको छाउबार्न प्रयोग गरेको गोठसहित ६० वटा छाउगोठ भत्काइएको छ ।
राजधानी दैनिकले अझै दुई हजार चिनियाँ अपराधी नेपालमा शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।
चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार राजधानीका मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
नागरिक दैनिकले ‘रहेन ‘दुईतिहाइ’ को शक्ति’ शीर्षकमा समाचार छापेको छ। नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ नेतृत्वको वर्तमान सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ। संसद्मा दुईतिहाइ समर्थन रहेको केपी ओली नेतृत्वको सरकार समाजवादी पार्टी फिर्ता भएसँगै सामान्य बहुमतमा झरेको छ।
प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना छन् । दुईतिहाइ पुग्न एक सय ८४ जना सांसद आवश्यक पर्छ । नेकपासँग एक सय ७४ सांसद छन् । समाजवादी पार्टी १९ महिनाअघि सरकारमा सहभागी भएको थियो।
संविधान संशोधनसहित दुईबुँदे सहमति गरेर सरकारमा सहभागी भए पनि त्यसमा नेकपा तयार नभएको भन्दै समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्रीबाट राजीनामा गरेका छन्। उनीसँगै सो दलबाट सरकारमा सहभागी मन्त्री इस्तिायक राईले पनि राजीनामा गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
अवरुद्ध हेटौंडा–भैंसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो
असोज १४, २०८१ सोमबार
पाकिस्तानले भन्यो: ‘नेपाललाई सघाउन तत्पर छौं’
असोज १४, २०८१ सोमबार
इजरायलमा विपक्षी दलका नेता पनि सरकारमा सामेल
असोज १४, २०८१ सोमबार
काठमाडौं उपत्यकाका ११ स्थानमा 'रेकर्ड ब्रेक' वर्षा
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
असोज १४, २०८१ सोमबार
हनी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स
असोज १४, २०८१ सोमबार