मीरगञ्ज पुल बन्द , भीमनगरको बाटो प्रयोग गर्न व्यापारीको माग
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १५:३७:४
९ पुस विराटनगर । नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग र व्यापारलाई आवश्यक पर्ने सामान सोही पुल भएर ल्याउनुपर्छ ।
नेपालको बूढीखोला भनिने भारतका मीरगञ्ज पुल बन्नुपर्ने उद्योगी र व्यापारीको धेरै पुरानो माग हो । जीर्ण अवस्थामा रहेको सो पुलको अहिले मर्मतकार्य शुरुआत भएकाले नेपाल आउने सामान रोकिएपछि यहाँका उद्योगी र व्यापारी समस्यामा परेका छन् ।
विराटनगर रानी भन्सारदेखि करीब पाँच किमी दक्षिण भारतको विहारमा रहेको सो पुलबाट पूर्व क्षेत्रका उद्योगी र व्यापारीले मालसामान ढुवानी गर्ने गरेका छन् । पुलको बारेमा मोरङ व्यापार सङ्घद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले पुलको मर्मतसम्भार नहुञ्जेलसम्म भीमनगरको बाटो प्रयोग गर्न नेपाल सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने माग गरे ।
उनले लामो समयदेखि यो पुल बन्नुपर्ने हाम्रो समस्याका बारेमा परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई पनि जानकारी गराइसकेको बताए । यहाँका उद्योग र व्यापार ठप्प हुने अवस्थामा पुगेको छ, यसमा सरकारले छिट्टै पहल गर्नुपर्ने उनले आग्रह समेत गरे ।
भारतका विभिन्न स्थान तथा तेस्रो मुलुकबाट यस क्षेत्रका लागि आउने मालसामान अन्यत्रबाट मगाउँदा महङ्गो हुने र उपभोक्तालाई आर्थिकभार पर्ने भएकाले यसमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे पत्रकार सम्मेलनमा बताए। मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष महेश जाजुले मीरगञ्ज पुल यस क्षेत्रको उद्योग र व्यापारीका लागि मात्र नभएर आम नागरिक तथा उपभोक्ताका लागि पनि आवश्यक छ भने ।
उनले भारत सरकारले ठुल्ठूला सडक, पुल बनाउन सक्ने र मीरगञ्ज नदीमा पुल बनाउन नसक्ने भने होइन तर यसका लागि भारत सरकारले किन ढिलाइ गरेको हो बुझ्न नसकेको टिप्पणी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार