बाख्रापालनबाट भविष्य खोज्दै किसान
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १८:१६:८
९ पुस तम्घास । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तीचौरका रामचन्द्र विक आजकाल प्रायःजसो बाख्राको खोरमै भेटिछन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो ।
उनीसहित गाउँका १० जनाले ‘शुभलक्ष्मी बाख्रा फार्म’ नामको सामूहिक बाख्राफार्म खोलेपछि विकलाई आजकाल फार्म बाहिर निस्कने खासै फुर्सद हुँदैन । “खोरमा अहिले २५ माउ, ३६ पाठी र तीन पाठा गरी ६९ बाख्रा छन् ।” उनले भने, “गाउँमै व्यावसायिक बन्न बाख्रापालन रोजेका हौँ ।”
बागलुङबाट बयर जातका १७, इस्मा मैदानबाट ४० तथा अन्य केही बाख्रा गाउँमै खरीद गरिएको विकले जानकारी दिए। बाख्रापालनका लागि रु १३ लाख लागतमा खोर निर्माण र रु छ लाखमा बाख्रा खरीद गरी हालसम्म रु १८ लाखभन्दा बढी लागत लागेको विकले बताए ।
गत वैशाखबाट शुरु गरेको बाख्रापालनकै लागि १३ रोपनी जग्गा १० वर्षको सम्झौतामा भाडामा लिएको फार्मका शेयर सदस्य मञ्जु विकले बताए। “२५ मध्ये १८ बाख्रा ब्याउनेछन्, परिणाम आइसक्ने बेला भएको छैन”, विकले भने, “समूहमा मिलेर काम गरेका छौँ, राम्रो परिणाम आउनेमा विश्वस्त छौँ ।”
प्रदेश नं ५ सरकारले गत आर्थिक वर्षमा उक्त गाउँमा ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम लागू गरेपछि किसानहरुले बाख्रापालनबाटै भाविष्य खोज्न थालेका छन् । उक्त कार्यक्रमअन्तर्गत बाख्रापालनका लागि फार्मले रु आठ लाख ९० हजार अनुदान लिएको छ । अहिले फार्मले एक जनालाई रोजगारी दिएको र बाख्राको सङ्ख्या पनि १०० पु¥याउने जनाएको छ ।
सोही गाउँकै २३ वर्षीय अमित कुँवर सानैदेखि बाख्रापालन रुचाउथे । विगत पाचँ वर्षदेखि कुखुरा र केही मात्रामा बाख्रा पाल्दै आएका कुँवरलाई ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम लागू भएपछि थप लगानी जुट्यो । गत जेठमा सोही कार्यक्रमअन्तर्गत खोर निर्माणका लागि कृषि ज्ञान केन्द्रबाट रु चार लाख २० हजार लिए। अहिले खोरमा २८ बाख्रा र तीन बोका गरी कूल ३१ बाख्रा छन् ।
प्रदेश सरकारले लागू गरेको ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रमबाट आफू लाभान्वित भएको उनले सुनाए । “कार्यक्रमले संरचना र लगानीमा सहयोग गरेको छ, जसले गर्दा काम गर्ने हौसला मिलेको छ”, उनले भने । अमितले बाख्राका साथसाथै बोइलर र कोइलर जातका कुखुरा पनि पाल्दै आएका छन् । यसबाट उनले वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्छन् ।
उनका दाइ ३४ वर्षीय गोपाल कुँवर रोजगारीकै लागि १० वर्ष भारत बसे । तर, भाइले व्यावसायिकरूपमा बाख्रा तथा कुखुरापालन गर्न थालेपछि उनले पनि घरमै बस्ने निधो गरे । “भारतमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ”, उनले भने, “अब भाइले आँटेको पेशालाई निरन्तरता दिने हो ।” शारदा एग्रिकल्चर नामको अमितको फार्ममा १५० बाख्रा अट्ने क्षमता छ । “घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्दैन”, अमितले भने, “आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्छ ।”
प्रदेश नं ५ सरकारले गत आवमा जिल्लाका चार स्थानमा चार वर्षको लागि ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम लागू ग¥यो । जसअन्तर्गत इस्मा हस्तीचौरमा ५० परिवार व्यावसायिक बाखापालन शुरु गरे । अहिले गाउँमा एउटा ठुलो, चारवटा मझ्यौला र साना २० वटा खोर रहेका छन् । जसमध्ये ठुलोखोरमा १० जना, मझ्यौला खोरमा पाचँ÷पाचँ जना तथा साना खोरमा एक÷एकजना लगानीकर्ता रहेका छन् भने यसै कार्यक्रमअन्तर्गत दुई माछापोखरी पनि निर्माण गरी व्यवसाय शुरु गरिएको छ । यसमा प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
आव २०७५÷७६ मा शुरु भएको कार्यक्रम आव २०७८÷७९ सम्म सञ्चालन हुनेछ । गत आर्वमा श्रमदान रु १० लाखसहित ६० लाख र यो आवका लागि रु ३७ लाख ५० हजार विनियोजन भएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक शिव बञ्जाडेले जानकारी दिए । गत वर्षको कार्यक्रम कृषि ज्ञान केन्द्र मातहतमा रहे पनि यो आर्थिक वर्षदेखि भने पशुविज्ञ केन्द्र पाल्पा मातहतमा रहने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार