विविधताबीचको एकता साझा पहिचान : उपराष्ट्रपति पुन
नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार १५:३९:३९
१० पुस काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विविधताबीचको एकता नै नेपालीको साझा पहिचान भएको बताए ।राष्ट्रिय क्रिश्चियन महासङ्घले क्रिसमस दिवसका अवसरमा बुधबार यहाँ आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उपराष्ट्रपति पुनले विविधताले भरिएको देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक परम्पराका साथै मिश्रित बसोबास रहेको बताउँदै विविधतायुक्त चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे।
नेपाली समाजमा रहेका फरक–फरक जाति र संस्कृतिले हाम्रो भातृत्व कायम राख्ने उनको भनाइ थियो । कुनै पनि धर्मको उद्देश्य भनेको शान्ति र समानताको खोजी नै भएको बताउँदै उनले धर्मका नाममा हिंसा गर्न नहुनेमा जोड दिए ।
उपराष्ट्रपति पुनले सबै धर्मावलम्बीले एकापसमा सबैका धर्म, संस्कृति र सहअस्तित्वलाई स्वीकार्नु आवश्यक रहेको उल्लेख गर्दै नास्तिक वा आस्तिक हुने विचार व्यक्तिको आत्मनिर्णयको अधिकार भएको बताए ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले संविधानमा धर्मनिरपेक्ष लेखिएकाले क्रिश्चियनलगायत सबै धर्मावलम्बीले आ–आफ्नो परम्परालाई अभ्यास गर्न पाउने बताए । नेपाल कम्युनिष्ट पार्टीका नेता सत्या पहाडीले सामाजिक विविधताको अन्त्य गर्नका लागि धार्मिक परम्पराको महत्व हुने विचार व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार