हेर्नुस काठमाडौंमा यस्तो देखियो खण्डग्रास सूर्यग्रहण
नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार १६:२४:५९
१० पुस काठमाडों । पौष कृष्ण औँसीका दिन बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ः४२ मा स्पर्श गरेको ग्रहण बिहान १०ः०१ बजे मध्य एकको हो। ग्रहण ११ः३१ बजे समाप्त हुनेछ। यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो ।
यो सूर्य ग्रहण आउँदो एक दशकमा पर्ने ४–५ सूर्य ग्रहणको तुलनामा सबैभन्दा लामो समय देखिने छ । यस आधारमा बिहीबारको सूर्य ग्रहणलाई यो शताब्दीकै सबैभन्दा लामो अवधिको सूर्य ग्रहण भनिएको छ । यो सूर्य ग्रहण अरु ग्रहणको तुलनामा धेरै क्षेत्रबाट देखिने छ ।
नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, बंगलादेश, भुटान, चीन, अस्ट्रेलियासहितका क्षेत्रकाट यो ग्रहण देख्न सकिने छ । समाचार संस्था एएफपीका लागि यी आङ तुले खिचेको तस्बिरमा सूर्यग्रहण स्पष्ट देखिएको छ ।
सूर्य ग्रहण एक खगोलीय घटना हो । सूर्य र पृथ्वीको बिचमा चन्द्रमा परेपछि सूर्य ग्रहण लाग्ने गर्छ । बिहीबार लाग्ने सूर्य ग्रहणको क्रममा सूर्य ‘रिङ्ग अफ फायर’ जस्तो देखिने भएकाले विशेष रहेको छ । तुले खिचेको तस्बिरमा पनि रिङ्ग अफ फायर देखिएको छ ।
यसपछि सन् २०२० को जुन २१ मा सूर्य ग्रहण लाग्ने छ । सन् २०१९ मा यसअघि दुई पटक सूर्य ग्रहण लागेको थियो । गएको जनवरी ६ र जुलाई २ मा सूर्य ग्रहण लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार