क्रिसमसकै दिन फिलिपिन्समा आँधी : १६ जनाको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार १९:१२:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/aadhi-1_5OpF79FaCu.jpg)
१० पुस एजेन्सी । फिलिपिन्समा आएको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।
प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत सेवा अवरुद्ध भएको थियो । मोबाईल फोन र इन्टरनेटको नेटवर्क बिहीबार बिहानसम्म पनि अवरुद्ध नै रहेको कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको जनाइएको छ ।
खोजी तथा उद्धार कार्यमा संलग्न अधिकारीहरुका अनुसार फिलिपिन्सको मध्य भागमा पर्ने भिसायासमा आएको आँधीबाट अहिलेसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आँधीका कारण भौतिक संरचनाहरुमा समेत क्षति पुगेको र सडकहरुमा पनि यातायातका लागि बाधा भएको बताइएको छ ।
त्यसैगरी विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै उडान सेवा रद्ध गरिएको विमानस्थलका कर्मचारीहरुले जनाएका छन् ।
फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । फिलिपिन्समा आएका आँधीहरु मध्ये सवैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो । उक्त समयमा ७ हजार ३ सय जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार