समोआमा दादुरा प्रकोपबाट ८१ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार १९:१५:३७
१० पुस एजेन्सी । समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट ८१ को मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएको यस दादुरा प्रकोपबाट हालसम्म ८१ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको हो ।
समोआमा सो रोग निगरानी टोलीकाअनुसार एक पाँच वर्षीया बालिकाको मृत्यु भएपछि सो सङ्ख्या ८१ पुगेको सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस प्रकोपबाट ५ हजार २१७ व्यक्ति सङ्क्रमित भएका छन् । गएको २४ घण्टाभित्र नौ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ ।
सङ्क्रमित ४३ अस्पतालमा भर्ना भएका छन् । ती मध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । केही समययता समोआमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ । दादुरा असाध्यै सङ्क्रामक भाइरल रोग हो । बुधवारसम्म समोआमा लगभग ९५ प्रतिशत दादुराको खोप लगाइएको सरकारी स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानले भन्यो: ‘नेपाललाई सघाउन तत्पर छौं’
असोज १४, २०८१ सोमबार
इजरायलमा विपक्षी दलका नेता पनि सरकारमा सामेल
असोज १४, २०८१ सोमबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
अवरुद्ध हेटौंडा–भैंसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो
असोज १४, २०८१ सोमबार
पाकिस्तानले भन्यो: ‘नेपाललाई सघाउन तत्पर छौं’
असोज १४, २०८१ सोमबार
इजरायलमा विपक्षी दलका नेता पनि सरकारमा सामेल
असोज १४, २०८१ सोमबार
काठमाडौं उपत्यकाका ११ स्थानमा 'रेकर्ड ब्रेक' वर्षा
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
असोज १४, २०८१ सोमबार
हनी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स
असोज १४, २०८१ सोमबार