फेसियल हाउस १२ औं बार्षिकोत्सव सम्पन्न

नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार २३:१४:४०

१० पुष, काठमाडौं । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउस आफ्नो स्थापनाको १२औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गरेको छ । १२औं बार्षिकोत्सवका अवसरका बुधबार कमलादीको सी डब्लु पार्टी प्यालेसमा फेसियल हाउसले एक भब्य कार्यक्रमको आयोजना गरेको थियो ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघिय संसद सदस्य, सांसद शान्ता चौधरीको उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथीको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योगग वाणिज्य महासंघ प्रदेश नं ३ अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापा, कर्पोरेट ग्रुपका अध्यक्ष उज्जवल जंग शाह लगायत रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दैं कर्पोरेट ग्रुपका अध्यक्ष तथा फेसियल हाउसका सल्लाहकार उज्जवल जंग शाहले फेसियल हाउसको उमेरसँगै यसको जिम्मेवारी पनि बढेर गएको बताए । उनले फेसियल हाउस व्यवसायमुखी मात्र नभएर सेवामुखी रुपमा अगाडी बढेको बताए । फेसियल हाउसले धेरै महिलालाई तालिम प्रदान गरी उद्यमी बनाउनुका साथै देशका विभिन्न शहरमा आफ्नो शाखा विस्तार गरी सेवा पुर्याउँदै आएको बताए । उनले सरकारले लागु गरेको करप्रणालीका कारण सानादेखि ठूला सबै व्यवसायी मारमा परेकाले यसको उचित समाधान खोजिनुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा बोल्दै सांसद शान्ता चौधरीले महिलाहरुलाई घरभित्र मात्र सिमित नभएर आफ्नो दक्षता र क्षमता अनुसारको आयआर्जनको काममा संलग्न हुन आग्रह गरिन । उनले आफ्नो संघर्षको बारेमा बताउँदैं संघर्ष विना सफलता असंभव रहेको बताइन् ।
कार्यक्रममा आफ्नो विचार राख्दैं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले महिला उद्यमीका लागि दिइएको सहुलियत सकारात्मक रहेको बताए । उनले महासंघले सधैभरी उद्यमीको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले फेसियल हाउस उपभोक्ताहरु माझ सुपरिचित नाम बनेको जिकिर गर्दै आउदा दिनमा समेत गुणस्तरिय सेवा प्रवाह गर्दै जान सकोस भन्ने भाव प्रकट गरे । त्यसै गरी नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले घरदेखि व्यवसायमा आउने चुनौतीलाई पार गर्दै एक महिला उद्यमीको रुपमा आफूलाई स्थापित गर्दैयो स्थान सम्म आउन सफल भएकोमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।
बार्षिकोत्सवका अवसरमा फेसियल हाउसले विभिन्न व्यक्तिहरुलाई अवार्डका साथै मायाको चिनो प्रदान गरेको थियो । हाउसले बेस्ट स्किन केयर सर्भिस अवार्ड बृन्दा लामालाई प्रदान गरेको छ । त्यसै गरी बेस्ट पंचुवालिटी अवार्ड सैगीता रानालाई प्रदान गरेको छ भने वेस्ट हेयर स्टाइलिस्ट तथा वेस्ट प्रमोशन सपोटिङ अवार्ड सोनु के शर्मालाई प्रदान गरेको छ । बेस्ट म्यानेजमेन्ट अवार्ड सौलुजा चौधरीले हात पारिन भने बेस्ट स्टुडेन्टको अवार्ड सरु हमालले प्राप्त गर्न सफल भएकी छिन् । त्यसै गरी सिटिसि मलमा रहेको शाखाले बेस्ट ब्रान्चुको अवार्ड हात पारेको छ ।
कार्यक्रमको समापन गर्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहले १२ औं बर्ष सम्म फेसियल हाउसलाई ल्याइ पुर्याउन सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गरेकी थिइन् । उनले आफ्नो एकल प्रयासले मात्र यो संभव नभएको र फेसियल हाउसमा कार्यरत कर्मचारी तथा सुभचिन्तकको साथ र मायाले यहाँसम्म आउन सफल भएको बताएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
चलचित्र लाज शरणममाथि किन लगाइयो बन्देज ?
फागुन ७, २०८१ बुधबार
पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति
फागुन ८, २०८१ बिहिबार
ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
फागुन ८, २०८१ बिहिबार
हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्किइन् परराष्ट्रमन्त्री राणा
फागुन ८, २०८१ बिहिबार
कर वृद्धिले दुई देशबीच तनाव बढाइरहेका बेला चीनसँग ठूलो व्यापार सम्झौता गर्न अमेरिका तयार
फागुन ८, २०८१ बिहिबार
इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड
फागुन ८, २०८१ बिहिबार
पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति
फागुन ८, २०८१ बिहिबार
ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
फागुन ८, २०८१ बिहिबार
हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्किइन् परराष्ट्रमन्त्री राणा
फागुन ८, २०८१ बिहिबार
कर वृद्धिले दुई देशबीच तनाव बढाइरहेका बेला चीनसँग ठूलो व्यापार सम्झौता गर्न अमेरिका तयार
फागुन ८, २०८१ बिहिबार
इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड
फागुन ८, २०८१ बिहिबार
पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति
फागुन ८, २०८१ बिहिबार
ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
फागुन ८, २०८१ बिहिबार
हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्किइन् परराष्ट्रमन्त्री राणा
फागुन ८, २०८१ बिहिबार