मन्त्रिपरिषद बैठकः सार्वजनिक खरिद नियमावलीमा संशोधन, ठेकेदारबाट क्षतिपूर्ति असुल्नेदेखि थुप्रै निर्णय

नेपालबहस संवाददाता
पुस १०, २०७६ शुक्रबार ०:५०:४८

१० पुष, काठमाडौं । मन्त्रीपरिषदको गत पुष ७ गते बसेको वैठकले विभिन्न निर्णयहरु गरेको छ । जसमा महत्वपूर्ण मानिएको म्याद थपिएको समयावधिभित्र पनि आयोजनाको निर्माण सम्पन्न नगरे सम्झौता भएको मितिदेखि क्षतिपूर्ति असुल गर्ने व्यवस्थासहित सरकारले सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ ।
निर्माण अवधि सकिएर अलपत्र परेका आयोजनाको म्याद थप गर्दा क्षतिपूर्ति लिने व्यवस्था हटाइएको छ । यसअघि म्याद थप गर्दा १० प्रतिशतसम्म क्षतिपूर्ति लिने प्रचलन थियो । यही पुस ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद नियमावली संशोधन गरेको हो ।
संशोधित नियमावलीमा ठेक्का लगाउँदा बोलपत्र खरिद गर्ने निर्माण व्यवसायीको आर्थिक एवं प्राविधिक क्षमता तथा कामका अनुभवका विषयमा स्वयं घोषणा गरी कागजात तथा विवरण पेश गर्दा पूर्व स्वयं घोषणा गर्ने व्यवस्था गरिएको छ । यस्तै अन्तिम ठेक्का सम्झौता गर्दा ‘लाइन अफ क्रेडिट’को सुविधा भएको बैंकको पत्र पेश गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
योजना निर्माण प्रक्रियामा गइसकेपछि कतिपयले सम्झौतामा उल्लेख गरिएको समयभित्र नसकेपछि म्याद थप गर्ने व्यवस्था यसअघि थिएन । कुनै कम्पनी तथा फर्मले आफूले जिम्मा लिएको काम गर्न म्याद थप गर्नुपर्ने हो वा नपर्ने हो भन्ने कुराका निम्ति म्याद सकिनु १५ दिनअघि अनिवार्यरुपले निवेदन दिनुपर्ने छ ।
सो निवेदनमाथि ६० दिनभित्र सम्बन्धित निकायले म्याद थप गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय गरिसक्नुपर्नेछ । बिनाकारण म्याद थप नगरेमा कर्मचारी पनि कारवाहीको दायरामा आउने व्यवस्था गरिएको छ ।
“यसले निर्माण व्यवसायीलाई आफ्नो सम्पूर्ण क्षमताका बारेमा स्वयं जानकारी हुन्छ”, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने, “यो बढी पारदर्शी हुन जान्छ, सरल पनि हुन्छ ।” यसले निर्माण क्षेत्रमा सहजता प्रदान गर्ने र आयोजना तुलनात्मक रुपले छिटो छरितो ढङ्गले अगाडि बढ्ने उनको विश्वास थियो ।
यस्तै बैठकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा वित्तीय संस्था तथा गैरवित्तीय व्यवसाय तथा पेशाकर्मीको क्षेत्रमा नियमनकारी निकाय तोकिएको मन्त्रिपरिषद्को गत कात्तिक २५ गतेको निर्णयसम्बन्धी सूचना सोही मितिमा नेपाल राजपत्रको अतिरिक्ताङ्क प्रकाशन गर्ने निर्णय गरेको छ । हातहतियार खरखजानासम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ ।
साना विकास आयोजना कार्यान्वयनका लागि नेपाल तथा भारत सरकारबीच भएको सम्झौता कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।
बैठकले ‘विल्डिङ अ रेजिलेन्ट चुरिया रिजन अफ नेपाल’ परियोजनाका लागि ‘ग्रीन क्याइमेट फण्ड’बाट प्राप्त हुने करिब रु चार अर्ब ४६ करोड बराबर अनुदान सहायता प्राप्तिका लागि वार्ता गर्न अर्थमन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
सरकारले न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरी आर्थिक वर्ष २०७६/०७७ का लागि उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । यस्तै साइप्रसको निकोसियामा कार्यरत अवैतनिक नेपाली वाणिज्यदूत रामजीवन पन्जियारको कार्यकाल चार वर्षका लागि थप गरिएको छ ।
हेटौँडा उपमहानगरपालिकाको स्वामित्वमा रहेको कित्ता नं १०२, क्षेत्रफल ९.१ कट्ठा जग्गा प्रहरीचौकी पदमपोखरीको नाममा स्वामित्व हस्तान्तरण गर्न स्वीकृति दिइएको छ । बैठकले सुरक्षण मुद्रणसम्बन्धी उपकरण ९प्रेससम्बन्धी मेशिन, औजार, प्रविधि, प्रणाली तथा अन्य आवश्यक सामग्री र भौतिक निर्माणलगायत० सरकार–सरकार (जीटुजी) माध्यमबाट खरिद गर्ने निर्णय गरेको छ ।
मुद्रणसम्बन्धी उपकरण खरिदका लागि फ्रान्स सरकार र जर्मन सरकारका तर्फबाट प्राप्त प्रस्तावमध्ये मन्त्रालयले उपयुक्त प्रस्ताव स्वीकृत गरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (५ख) बमोजिम सरकार–सरकार विधिबाट खरिद गर्ने निर्णय गरिएको छ । यसको बजेट व्यवस्था अर्थमन्त्रालयले गर्नेछ ।
बैठकले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारी (झापा) लाई चार वर्षका लागि नियुक्त गरेको छ । यस्तै नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा किशोरविक्रम मल्ल (स्याङ्जा), डा. हरिहर वस्ती र डा. प्रनित पोखरेल (काठमाडौं), डा. सन्ध्या चापागाई (भक्तपुर) र डा. सुप्रभात श्रेष्ठ (मोरङ) तथा रजिष्ट्रार पदमा डा. कृष्णप्रसाद अधिकारी (काठमाडौं) लाई मनोनयन गरेको छ ।
राष्ट्रिय किताबखानामा अद्यावधिक व्यक्तिगत विवरण (पीआईएस) अनुसार कायम भएको पद नामअनुसार समायोजन पत्र दिन बैठकले स्वीकृति दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार