शहीद स्मारक ‘ए’ डिभिजन लिग : सङ्कटा र जाउलाखेलले बराबरी खेले
नेपालबहस संवाददाता
पुस १०, २०७६ शुक्रबार २:४१:४०
१० पुस काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सङ्कटा क्लब र जाउलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सङ्कटाले जाउलाखेलसँग बराबरी खेलेको हो ।
खेलको ३६औंँ मिनेटमा सङ्कटाका लागि लक्ष्मण रुचालले गोल गरेका थिए। उनले फ्रिकिकमा गोल गरे । पहिलो हाफसम्म जाउलाखेलले गोलरहित खेल खेलेको थियो । दास्रो हाफको ७२औँ मिनेटमा जाउलाखेलका लागि विदेशी खेलाडी ड्याडी जुनियर बाम्बाले गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् ।
जारी लिगमा सङ्कटाले तीन खेलबाट चार अङ्क बटुलेको छ भने जाउलाखेलले तीन खेलबाट पाँच अङ्क जोडेको छ । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौले रु सात लाख तथा छैंटौ हुनेले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजक अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।
सागमा रजत विजेता महिला ह्याण्डबल टोली सम्मानित
तेह्रौँ दक्षिण एशियाली खेलकूद सागमा रजत पदक विजेता नेपाली महिला ह्याण्डबल टोलीलाई सम्मान गरिएको छ । परेली क्याटरिङ प्रालिले ह्याण्डबलका खेलाडी तथा प्रशिक्षकलाई आज यहाँ सम्मान गरेको हो । सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशनालयका उपरथी शशीचन्द्रबहादुर सिंह तथा नेपाल ह्याण्डबल सङ्घका सल्लाहकार संयोजकसमेत रहनुभएका परेलीका प्रबन्ध निर्देशक विश्वबम मल्लले उनीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरे ।
सम्मानित हुने खेलाडीमा बन्दना राई, उमा राई, कविता राई, सङ्गीता चौधरी, आइत ल्हामु शेर्पा, अर्चना न्यौपाने, बबिता श्रेष्ठ, देवकुमारी बाँस्तोला, दुर्गा बोहरा, झिनमाया थापा, कल्पना ओली, निशा राई, रामकुमारी चौधरी, रञ्जना राई, शान्तिकला राई र सारदा विक रहेका थिए ।
यस्तै प्रशिक्षकद्वय कृष्ण शाक्य र विन्दा थापा, व्यवस्थापक शान्ति थापा तथा ह्याण्डबल मुख्य प्रशिक्षक हिमाल दाहाललाई समेतसम्मान गरिएको थियो । सागमा ह्याण्डबलको फाइनलमा नेपाल भारतसँंग पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार