नेपाल प्रवेश गर्ने पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने
नेपालबहस संवाददाता
पुस ११, २०७६ शुक्रबार १५:२८:४७
११ पुस कञ्चनपुर । नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा बजार परिक्रममा गराउने भएको हो ।
नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखहरुको बैठकबाट पश्चिमी सीमानाका भएर आउने पहिलो पर्यटकलाई सम्मान गरी बग्गीमा बजार परिक्रमा गराउने निर्णय गरिएको जानकारी दिए ।
“नेपाल भ्रमण वर्ष देशको पर्यटन प्रवद्र्धनसँग मात्र नभएर देशको मानसम्मानसित जोडिएको छ । यसलाई सफल बनाउन पर्यटकलाई विशेष सम्मान दिन लागेका छौँ”, नगर प्रमुख विष्टले भने, “भीमदत्तमा प्रमुख जिल्ला अधिकारीसहितको कार्यालय बैठकले उद्घाटनको दिन नाकाबाट आउने पहिलो पर्यटकलाई सम्मान गर्ने, बजार परिक्रमा गराउने निर्णय गरिएको छ । त्यो दिन पर्यटकको भोजन तथा आवासको समेत व्यवस्था गरिएको छ ।”
नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकले सरसफाइ, सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, पर्यटकीय स्थानमा साङ्केतिक चिह्न राख्ने, प्रचारप्रसारका सामग्री वितरण गर्ने, खाली सरकारी जग्गामा वृक्षरोपण गर्ने, होटल सफासुग्घर र चिटिक्क बनाउनेलगायतका निर्णयसमेत गरेको छ । भ्रमण वर्षकै अवसरमा नगरपाकिाको ‘ग्रिन सिटी, क्लिन सिटी’ को नाराअनुसार खाली जग्गामा वृक्षरोपण गर्न लागिएको हो ।
नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्षका रूपमा मनाएको छ । पर्यटकीय स्थानसम्म पहुँच मार्ग निर्माण, होर्डिङ बोर्ड, रौटेलामा त्रिशूल स्थापना, गड्डाचौकीमा ७७ फिटको नेपाली राष्ट्रिय झण्डालगायतका कार्य गरिएका छन् ।
यसैगरी भीमदत्तनगर गड्डाचौकी सडकखण्ड चौडा बनाउन सडक डिभिजन कार्यालयसित पहल गरिएको छ । अहिले सडक चौडा गर्ने कार्य भइरहेको छ । नगर क्षेत्रका पर्यटकीय स्थानमा सरसफाइका लागि क्लिन काष्ठमण्डपका अभियानकर्मी केपी खनालको नेतृत्वमा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
भीमदत्त नगर बजारलाई सफा र चिटिक्क बनाउन ठेला व्यवस्थापन गरिएको छ । बजार क्षेत्रमा सरसफाइका लागि अभियान सञ्चालन गरिनेछ । भीमदत्तमा भ्रमण वर्षका लागि सचिवालय व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । चुरे फेदका सबै धार्मिक तथा पर्यटकीयस्थल जोडिने गरी धार्मिक जैविक पर्यटकीय मार्ग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । भ्रमण वर्षलाई मध्यनजर गरी पुस १५ गते जैविक धार्मिक पर्यटकीय मार्गमा हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।
“पर्यटकीय स्थानको प्रचारप्रसार, पूर्वाधार निर्माण, अध्ययन अनुसन्धानलगायतका कार्य गरिएका छन्”, नगर प्रमुख विष्टले भने, “सबै क्षेत्रसित सहकार्य र साझेदारी गरी भ्रमण वर्ष मनाउन गइरहेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार