चिसोमा छालाको हेरचाह आवश्यक
नेपालबहस संवाददाता
पुस ११, २०७६ शुक्रबार १७:४५:३५
११ पुस एजेन्सी । छालाको हेरचाह हरेक मौसममा जरुरी हुन्छ। चिसोमा भने यसलाई अलि बढी हेरचाह आवश्यक हुन्छ। यो मौसममा चिसो तथा तीव्र गतिको हावाले छालामा रुखोपन ल्याई सुख्खा हुने सम्भावना हुन्छ। चिसो मौसममा घरेलु उपाय अपनाएर छाला स्वस्थ राख्न सकिन्छ।
नुहाउँदा साबुनको प्रयोग सकेसम्म कम गर्ने
चिसोमा साबुनको प्रयोग सकेसम्म कम गर्नुपर्छ। यदि छाला रुखो छ भने बिर्सेर पनि साबुन लगाउनु हुँदैन। यसले छाला सफा गरे पनि यसको रुखोपन बढाउने र पिम्पल्स निम्त्याउन खतरा हुन्छ। छाला ओयली भए मात्रै साबुन लगाउनुपर्छ। यसबाट छालाको ओयलीपन कम हुन्छ।
दही र चिनीको पेस्ट अनुहारमा लगाउने
चिसोमा छालालाई कोमल बनाउन दही र चिनीको पेस्ट बनाएर अनुहारमा लगाउनु राम्रो हुन्छ। पेस्ट सुकेपछि हल्का हातले मसाज गरी मनतातो पानीले अनुहार धुनुपर्छ।
ग्लिसरिन र कागतीको मिश्रण शरीरमा लगाउने
ग्लिसरिन, कागती र ३–४ थोपा गुलाबजलको मिश्रण बनाएर राति सुत्नुअघि अनुहार र शरीरमा लगाउनुपर्छ। त्यसपछि भोलिपल्ट बिहान उठेर मनतातो पानीले नुहाउनु्पर्छ। यसले छालालाई कोमल बनाउँछ।
स्वास्थ्यवर्धक र सन्तुलित खाना खाने
जुनसुकै मौसममा पनि छालाको हेरचाह जरुरी हुन्छ। यसका लागि स्वास्थ्यवर्धक र सन्तुलित खाना आवश्यक हुन्छ। छालालाई स्वस्थ बनाउन पर्याप्त मात्रामा मौसमी फलफूल र साग खानुपर्छ। चिसोमा गाजर, पालक, मेथी कागतीलगायत खानेकुरा खानामा समावेश गर्नु आवश्यक हुन्छ।
सनब्लक प्रयोग गर्ने
गर्मीमा मानिस सनब्लकको प्रयोग गर्छन्। तर, चिसोमा यसलाई आवश्यक ठान्दैनन्। जबकी सूर्यको किरणले गर्मीभन्दा चिसोमा बढी नोक्सान पुर्याउँछ। यो मौसममा न्यानो महसुस गराउन अधिकांश मानिस घाममा बस्ने गरेका छन्। यसले छालालाई बेजान बनाउने गरेको छ। त्यसकारण चिसोमा पनि सनब्लक लगाउन आवश्यक हुन्छ।
पर्याप्त पानी पिउने
चिसो होस् वा गर्मी, जुनसुकै मौसममा पनि पर्याप्त पानी पिउनुपर्छ। यसले छालालाई मर्न नदिइ यसको ग्लोलाई कायम राख्छ।
नरिवलको तेल लगाउने
छालालाई कोमल बनाउन तथा स्वस्थ राख्न नरिवलको तेल शरीरमा लगाउनुपर्छ। नुहाउनुभन्दा एक घन्टाअघि शरीर र अनुहारमा तेल मालिस गरे छाला रुखो हुन दिँदैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने ?
कात्तिक २८, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार