घुम्न जाऊँ बर्दिया : थारू र अवधीनाच विशेष आकर्षण
नेपालबहस संवाददाता
पुस ११, २०७६ शुक्रबार १८:१९:१२
११ पुस रुपन्देही । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको भव्य एवं आकर्षक तयारी प्रदेश ५ सरकारले गरेको छ । प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तरराष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवद्र्धन समितिले गरेको छ ।
बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भ्रमण वर्षको शुभारम्भ गर्ने भ्रमण वर्ष प्रदेश सहसंयोजक माधव नेपालले जानकारी दिए । ठाकुरद्वारालाई सिङ्गारेर चिटिक्क बनाइँदै छ । नयाँ वर्षको पूर्वसन्ध्यामा बाँकेमा विशेष कार्यक्रम आयोजना गरिएको छ । “भ्रमण वर्षको शुभारम्भ तथा सन् २०२० को शुरुआतमा भारतीय पर्यटकलाई बाँकेका होटलमा विशेष आतिथ्यताको व्यवस्था गरिएको छ”, सहसंयोजक नेपालले भने । उद्घाटनका दिन बाँकेको गावर भ्याली क्षेत्रमा जङ्गल सफारी पनि विधिवतरूपमा शुरु गर्ने कार्यक्रम छ ।
प्रदेश नं ५ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी संयोजक र पर्यटन व्यवसायी नेपाल सहसंयोजक रहेको पर्यटन प्रवद्र्धन समिति गठन गरिएको थियो । उद्घाटन समारोहमा प्रदेशका मन्त्री, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवद्र्धन समितिका पाँच-पाँच सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने जनाइएको छ ।
कार्यक्रममा विभिन्न जन जातिको संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नृत्य प्रस्तुत गरिने छ । रोल्पाको मगरनाच, दाङ र बर्दियाको थारूनाच, अवधीनाच, पञ्चेबाजासमेत प्रदर्शन गरिने महोत्सवमा गरिने छ । रुपन्देहीका पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा र बुटवलमा सडक खाना महोत्सवको आयोजना गरेका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाका मुख्य स्थानमा सडक खाना महोत्सवको आयोजना गरिएको हो ।
भ्रमण वर्षलाई लक्षित गर्दै सङ्घसंस्थाले सहुलियत समेत घोषणा गरेका छन् । आगामी सन् २०२० को जनवरी महिनादेखि डिसेम्बर महिनासम्म होटलमा १५ देखि ३० प्रतिशत छुट दिने निर्णय भएको होटल सङ्घले जनाएको छ ।
लुम्बिनी भ्रमण वर्ष मनाइरहेको प्रदेश सरकारको सहयोगमा बुद्ध जन्मस्थलमा विशेष समारोहबीच नेपाल भ्रमण वर्षको स्वागत तथा सडक खाना महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए। “नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन सडक खाना महोत्सवलाई भ्रमण वर्षसँग जोडेका छौँ”, उनले भने ।
यस्तै बुटवल र भैरहवामा नेपाल भ्रमण वर्षको शुभारम्भ र लुम्बिनी भ्रमण वर्षको अवसरमा सडक खाना महोत्सवको आयोजना गरिएको छ । बाह्य पर्यटकहरु भित्रिने मुख्य नाका भैरहवामा पनि आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नेपाल भ्रमण वर्षको स्वागतका लागि सडक खाना महोत्सवको आयोजना गरिएको सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश खनालले जानकारी दिए ।
होटलहरुले भ्रमण वर्षको स्वागतका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । जिल्लाका होटलले साङ्गीतिक महोलमा भ्रमण वर्ष मनाउने तयारी गरेका छन् । “नेपाल भ्रमण वर्ष सफल बनाउनु हामी सबैको दायित्व हो, त्यसैले यसको स्वागतमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेका छौँ, होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले भने, “आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली हस्पिटालिटीसहितको सेवाको जानकारी दिन इभेण्ट आयोजना गरेका छौँ ।”
भ्रमर्ण वर्षबाट निजी क्षेत्र उत्साहित बनेको छ । भ्रमण वर्षका माध्यमबाट पर्यटन क्षेत्रको पूर्वाधार विस्तारमा ठूलो लगानी जुट्ने अपेक्षा निजी क्षेत्रको छ ।
सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार