पीपीएल : चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै
नेपालबहस संवाददाता
पुस १२, २०७६ शनिबार १२:१५:१५
१२ पुस काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेटको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै छन् ।
पोखरा मैदानमा विहान साढे ११ बजे हुने प्रतियोगितामा दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् । चितवन गत संस्करणमा पोखरा पल्टनसँग पराजित भएपछि उपाधि जित्न असफल भएको थियो भने विराटनगर पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।
चितवन जारी प्रतियोगितामा अपराजित रहँदै सिधै फाइनल प्रवेश गर्दा विराटनगर भने एलिमिनेटर राउण्डमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पोखरामा चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरीले प्रि म्याच कन्फ्रेन्समा कुरा गर्दै लक्ष्य उपाधि जित्ने नै रहेको बताएका छन् ।
चितवनका कप्तान पारसले अहिलेसम्म राम्रो प्रर्दशन हुँदै आएको र अब एक पटक च्याम्पियन बनाउनका लागि शनिबार पनि टिमबाट आफू खेलाडीबाट त्यस्तै प्रदर्शनको अपेक्षा रहेको बताए । यता, पहिलो पटक कप्तानी गरेका विराटनरका प्रदीप ऐरीले आफू फाइनलका लागि उत्साहित रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार