वेत्रावती पुलबाट सवारी आवतजावतमा रोक
नेपालबहस संवाददाता
पुस १२, २०७६ शनिबार १२:२:७
१२ पुस रसुवा । विदुर खानेपानी योजनाको पाइप फुटेर सडक भासिएकोले वेत्रावती पुलबाट रसुवा प्रवेश गर्ने ठूलो सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका रामशरण कुमालका अनुसार रसुवा नुवाकोट सिमानामा रहेको वेत्रावती पक्की पुलसँगै खानेपानीको पाइप फुटी अत्यधिक पानीको बहावले सडकको पिच भासिन गएपछि केरुङ तथा सदरमुकाम धुञ्चे जाने सबै ठूला सवारी साधनलाई नुवाकोटको तुप्चेतर्फबाट मैलुङ केन्द्रित गरिएको हो ।
आज भएको सो क्षतिबाट सँगै फलाखु खोलामा नयाँ बन्दै गरेको राजमार्गको नयाँ पुलमा काम गर्न असहज भइरहेकाले खानेपानीको पाइप मर्मतका कार्य अगाडि बढिरहेको छ । दैनिक १५–२० वटा ट्रक र मालवाहक कन्टेनर ओहोरदोहोर गर्ने सो मार्गमा कम्तीमा पाँच दिनभन्दा बढी आवतजावतमा रोक लगाइने ट्राफिक प्रहरीले जनाएको छ ।
ठूला सवारी साधन सञ्चालन गर्ने सबै सवारी चालकले ढुङ्गे, त्रिशूली, आँबुटार, तुप्चे, नयाँपुल, शान्तिबजार हुँदै यातायात सञ्चालन गर्न आग्रह गरिएको समेत ट्राफिक प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार