मुशर्रफद्वारा लाहोर उच्च अदालतमा पुनरावेदन
नेपालबहस संवाददाता
पुस १२, २०७६ शनिबार १२:३१:४२
११ पुस एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरूद्ध शुक्रबार लाहोर उच्च अदालतमा मुद्दा पुनरालोकनका लागि निवेदन दर्ता गरेका छन्।
उनलाई विशेष अदालतले यही डिसेम्बर १९ मा पाकिस्तानको संविधानको धारा ६ अनुसार देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो । पूर्व सैनिक शासक मुशर्रफले आफूमाथि प्रतिशोधका कारण उक्त फैसला आएको धारणा आफ्ना वकीलमार्फत् यस पहिले नै राखेका थिए ।
पाकिस्तानी इतिहासमा सैनिक प्रमुखका हैसियतमा काम गरिसकेका कुनै व्यक्तिमाथि देशद्रोह अभियोग अदालतबाट पुष्टि भएको यो पहिलो घटना हो । पूर्व सैनिक प्रमुखले आफ्ना कानूनी सल्लाहकारसमेत रहेका अधिवक्ता अजहर सिद्दिकीमार्फत ८६ पाना लामो निवेदन दर्ता गरेका छन् ।
निवेदनमाथि सुनुवाईका लागि न्यायाधीश मजाहिर अलि अक्बर नाक्वीको नेतृत्वमा आगामी जनवरी ९ मा इजलास हुनेछ । निवेदनमा विशेष अदालतको फैसलामा ‘असङ्गतपूर्ण र विरोधाभाषपूर्ण’ भनाइहरू आएको बताइएको छ ।
निवेदनमा मुशर्रफमाथि लागेको अभियोगमाथि सुनुवाईका लागि अपराध कार्यविधि ऐनको ३४२ भागलाई पृथक राखी मृत्युदण्ड दिइएको भनी विशेष अदालतको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गरिएको छ ।
मुशर्रफविरूद्ध सन् २००७ को नोभेम्बर ३ मा पाकिस्तानी सविधानलाई डिसेम्बर १५ सम्म निलम्वन गरी पाकिस्तानमा सङ्कटकाल लगाएको र उक्त घटना पाकिस्तानी कानून अनुसार देशद्रोही भएको दावीसहित सन् २०१३ मा अभियोग दर्ता गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार