मोगादिसुमा शक्तिशाली विस्फोट : ७६ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस १२, २०७६ आइतबार ४:५०:४५
१२ पुस एजेन्सी । मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली वम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको र मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका यहाँका अधिकारीले शनिबार जनाएका छन् । घटनामा कम्तीमा ७० जना घाइते भएका बताइएको छ ।
“विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको र मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका छन्,” सहयोगमा सहभागी एम्बुलेन्सका कर्मचारी अब्दुकादिर अब्दिरहमान हाजीले बताउनुभयो ।
विष्फोट सोमालियाको राजधानी सहर मोगादिसुको दक्षिणपश्चिमको चोकमा भएको होे । उक्त स्थानमा सुरक्षा जाँचका लागि खडा गरिएको अस्थायी सुरक्षा पोस्ट र कर कार्यालयसमेत रहेकोले विष्फोटमा धेरै जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको र घाइतेमध्ये दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप बढ्न सक्ने यहाँको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा कारका टुक्राहरू मात्र रहेका सामाजिक सञ्जाल तथा टेलिभिजनमार्फत सार्वजनिक दृष्यहरूमा देख्न सकिन्छ भने सुरक्षाकर्मीहरूले घटनास्थल बरपरका क्षेत्रमा आक्रमणकारी लुकेका हुनसक्ने आशङ्कामा उनीहरूको खोजी गरिरहेको छ ।
मोगादिसुमा विद्रोही अल साबाब इस्लामिक समूहले पटकपटक आक्रमण गर्दै आएको छ । शनिबार भएको आक्रमण अल कायदाको सहयोगी सङ्गठनक अल साबाब इस्लामिक लडाकूले गराएको हो । प्रहरीका अनुसार घटनामा विद्यार्थी तथा टर्कीबाट सडक निर्माणका लागि खटिएका श्रमिक तथा केही इन्जिनियरहरूसमेत परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार