ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १३, २०७६ आइतबार १३:४१:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/missile_a5TR1LQjQU_20yAwD2Y4V_f0a6sGqrzS.jpg)
१३ पुस एजेन्सी । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ ।
ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत गरेका थिए । रूसी अधिकारीले क्षेप्यास्त्रले सहजै दिशा परिवर्तन गर्न सक्नेछ र यसको परीक्षणका क्रममा यसको गति प्रतिघण्टा ३३ हजार किलोमिटर पुगेको थियो ।
राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पु¥याएको शुक्रबार सोवा जडान गरिएपछि सञ्चारकर्मीलाई दिइएको प्रतिक्रियामा बताए । ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असम्भव हुने दाबी गरिएको छ । रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्वपूर्ण भएको बताए ।
रूसी नेता पुटिनले गत मङ्गलबार अभानगार्ड प्रणालीलाई अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताए । “अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार छैन, क्षेप्यास्त्रको कुरै छाडौँ, ।”
अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरिएको भएपनि यसलाई जडान गरिएको थिएन । अन्तर महादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार