काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
नेपालबहस संवाददाता
पुस १३, २०७६ आइतबार १४:५२:२७
१३ पुस सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् । गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र २ का स्थानीयवासीलाई आवतजावतमा बढी समस्या बनाएको छ ।
विसं २०७० मा साविक जिल्ला विकास समितिबाट रु पाँच लाखको लगानीमा बनाइएको काठेपुल जीर्ण अवस्थामा हुँदा पुनः भत्किएको छ । काठेपुल भत्किँदा ठेहे, दोजाम, ताक्ला, बाम्टा गाउँका स्थानीयवासीलाई आवतजावतमा बढी प्रभावित बनाएको छ ।
जीर्ण अवस्थामा रहेको काठेपुलमा आवतजावत गर्दै आएका यहाँका स्थानीयवासी अहिले सोही पुल भत्किँदा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका–१ निवासी देबन बोहराले बताए ।
हेल्दुमखोलाको बाटो भएर वडा नं १ र २ का स्थानीयवासीलगायत अन्य सर्वसाधरणले आवतजावत गर्ने पुल नै भत्किँदा यहाँको स्थानीय सरकारले कुनै चासो नदिएको बोहराले बताए। काठेपुल भत्किँदा ठेहे र दोजामका स्थानीयवासी बढी प्रभावित भएका छन् ।
उक्त नदीमा पुल नहुँदा दैनिक सदरमुकाम सिमकोटमा पुगेर उपभोग्य सामान खरीददेखि प्रशासनिक कामका लागि आवतजावत गर्नेलाई समस्या बनाएको नदी छेउमा होटल सञ्चालन गरिरहेका करण सुनारले बताए । नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेको सुनारले बताए ।
आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं १ र २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको सुनारले बताए । उनले भने, “कम्तीमा गाउँपालिकाकोे केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार