‘कर्णालीको गरीबी घटाउन सहकारीको भूमिका’
नेपालबहस संवाददाता
पुस १३, २०७६ आइतबार १६:१५:४२
१३ पुस सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीको गरीबी घटाउन सहकारीको उल्लेख्य भूमिका रहेको बताए ।
बौद्ध ग्रामीण बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड सुर्खेतद्वारा शनिबार आयोजित १९औँ वार्षिक साधारणसभामा उनले सहकारी मुलुकको अर्थतन्त्रको बलियो आधार खम्बा भएको बताए। उनले भने, “अहिले युवा तथा घरेलु बेरोजगारहरुको रोजगारीको माध्यम सहकारी बन्दै गएको छ । सहकारीहरुले कर्णालीको गरीबी घटाउन प्रशंसनीय काम गरेका छन् ।”
त्रिपन्न हजार शेयर सदस्य बनाएर बौद्ध ग्रामीण सहकारी सुर्खेतले यहाँका नागरिकको आर्थिक विकासमा ठूलो सहयोग पु¥याएको भन्दै सहकारीमन्त्री केसीले भने, “कर्णाली सरकारले कृषि र लघुउद्यमको माध्यमबाट जनताको जीवन बदल्न चाहेको छ । बौद्ध सहकारीले लिएको ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारालाई सार्थक तुल्याउन सरकारले आवश्यक सहयोग गर्छ ।”
प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री केसीले कर्णाली सरकारले सहकारीको कानून बनाइसकेको र नियमावली बनाउने क्रममा अघि बढेको बताए। सहकारीहरुको व्यवस्थित गर्न बनेको उक्त कानून तथा नियमावलीले बौद्ध सहकारीलाई यहाँका १० जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य पूरा गर्ने विश्वास दिलाउँदै उनले सहकारीमा लाग्ने सबै शेयर सदस्य आर्थिक, सांस्कृतिक र सामाजिक हिसाबले सम्पन्न हुने जिकिर गरे ।
कार्यक्रममा पायनियर बहुउदेश्यीय सहकारी संस्था सुर्खेतका उपाध्यक्ष उपेन्द्रबहादुर खड्काले सहकारीका क्षेत्रमा कर्णाली सरकारलाई लगानी गर्न अनुरोध गरे । बौद्ध सहकारी संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले समाजका सबैलाई आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा अनुशासित बन्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार