प्रदेश ३ को नाम बाग्मती, हेटौंडा राजधानी हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
पुस १३, २०७६ आइतबार १८:३४:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/nekapa-1_2R656nfTZS.jpg)
१३ पुष, काठमाडौं । लामो छलफल र बहसपछि प्रदेश नं. ३ को नाम र राजधानीबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आज टुंगो लगाएको छ ।
पार्टी सचिवालयको आज विहान बसेको बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको हो ।
प्रदेश सभामा नेकपाको झण्डै दुईतिहाई बहुमत छ । साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि राजधानी हेटौंडा नै कायम गर्ने पक्षमा रहेकाले यसबारेको अन्योल सकिएको छ ।
प्रदेशको नाममा समेत अब खासै समस्या नहुने अवस्था रहेकाले बाग्मती नै कायम हुने बलियो आधार रहेको देखिन्छ । आजको सचिवालय बैठकले यसबारे निर्देशन दिएकाले अबको अधिवेशनले नाम र राजधानीबारे टुँगो लगाउने भएको छ ।
यसअघि नेकपा भित्रै प्रदेश राजधानी र नामबारे विवाद थियो । त्यसैले लगभग दुई वर्षको अवधि त्यसै खेर गयो । यसअघि दुई वटा प्रदेशले मात्र नाम र राजधानी टुंगो लगाएका थिए । कर्णाली र सुदूर पश्चिमको नामाकरण भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार