कृष्णपुरमा माटो परीक्षण, क्षारीय र अम्लीयपन न्यून
नेपालबहस संवाददाता
पुस १३, २०७६ आइतबार १९:१४:३९
१३ पुस कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गरिएको माटो परीक्षणमा क्षारीय र अम्लीयपन न्यून मात्रामा पाइएको छ । व्यावसायिक खेतीका लागि गरिएको माटो परीक्षणमा क्षारीय र अम्लीयपन न्यून रहेको पाइएको हो । नगरपालिका क्षेत्रबाट एक हजार २०० माटोका नमूना सङ्कलन गरी जाँच गरिएको छ ।
चारवटा वडामा घुम्ती माटो शिविरको आयोजना गरी माटोको नमूना सङ्कलन गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख लालबहादुर धामीले बताए । उनका अनुसार माटोका सङ्कलित नमूनामा नाइट्रोजन, पोटास र फस्फोरसको मात्रा मध्यम पाइएको छ ।
“क्षारीय र अम्लीयपन माटोका चेकजाँच गरिएका नमूनामा पाइएको छैन”, उनले भने, “नगरपालिका क्षेत्रभित्रका नमूना चेकजाँच गरिएका वडा नं १, २, ३ र ४ मा नगदे, तरकारी र अन्न बाली फस्टाउने देखिएको छ ।” अधिकांश नमूनामा माटोको मान तटस्थ देखिएको छ ।
माटोमा पाइने सूक्ष्म तत्वसमेत औसतमा रहेकाले माटोको गुणस्तरलाई कायम राख्नका लागि नगरपालिकाले किसानलाई प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गर्ने शाखाप्रमुख धामीको भनाइ रहेको छ । जुनसुकै बाली पनि लगाउन सकिने भएकाले बजारको उपलब्धता र किसानको मागका आधारमा नगरपालिकाबाट अनुदान रकम उपलब्ध गराई किसानलाई व्यावसायिक बनाइन लागेको उनले बताए ।
आउँदो वर्ष मागका आधारमा माटो चेकजाँचको कार्यलाई अगाडि बढाइने उनले बताए । माटोका नमूना चेकजाँच गरिएका वडाका किसानलाई एक वडा एक उत्पादन कार्यक्रममा समेटेर समूहमा आबद्ध गराई अनुदान रकम प्रदान गरिने नगरप्रमुख कर्णबहादुर हमालले बताए ।
“केही माटोका नमूनामा प्राङ्गारिक पदार्थको कमी देखिएको छ”, नगरप्रमुख हमालले भने, “माटोमा प्राङ्गारिक पदार्थको कमी हुन नदिनका लागि किसानलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गराउनसमेत अनुदान दिने व्यवस्था गरेका छौँ ।”घरमै तयार गरिएको जैविक विषादी र मलको प्रयोग गरी तरकारी र अन्य बाली लगाउने किसानलाई प्रोत्साहित गर्न थप अनुदान दिन्छौँ ।
“जैविक विषादी र मलको प्रयोगलाई बढावा दिई रासायनिक मल र विषादीलाई प्रतिस्थापन गर्न चाहन्छौँ”, उनले भने, “प्राङ्गारिक तरिकाले खेती गर्दा किसानले उत्पादनको बढी मूल्य पाउने, स्वस्थ्य तरकारी र अन्नको उपभोग गर्दा घातक रोगहरु नलाग्ने तथा माटोको गुणस्तर कायम रहने हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार