सेञ्चुरी बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा १२ प्रतिशत छुट
नेपालबहस संवाददाता
पुस १३, २०७६ सोमबार ०:५५:४०
१३ पुष, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वर, काठमाडौंस्थित ब्लु क्रस अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पताल प्रा.लि.का कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न ग्राहकवर्ग, शेयरधनीलगायत सबैसँग अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार