न्यू डायमण्ड होङ्गवान्जी महिला भलिबल हुने
नेपालबहस संवाददाता
पुस १३, २०७६ सोमबार १:१८:३९
१३ पुस काठमाडौं । न्यू डायमण्ड होङ्गवान्जी कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ । सो प्रतियोगिताको तेस्रो संस्करण यही पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । आयोजक न्यू डाइमण्ड स्पोर्ट्स क्लबले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने जानकारी दिएको हो ।
सहभागी हुने टोलीको टुङ्गो केही दिनमा लाग्ने क्लबका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कुमार राईले बताए । प्रतियोगिताका खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने छ । विजेताले रु चार लाख १०१, उपविजेताले रु तीन लाख १०१, तेस्रो हुनेले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पुरस्कार प्राप्त गर्नेछन् ।
गत वर्ष विजेताले रु तीन लाख एक हजार पुरस्कार प्राप्त गरेको थियो । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २१ हजार १०० पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई रु सात हजार १०१ प्रदान गरिने संयोजक राईले जानकारी दिए ।
उक्त प्रतियोगिता सञ्चालन गर्न होङ्गवान्जी बौद्ध समाजले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि आयोजक न्यू डायमन्ड तथा दोस्रो संस्करण सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार