सामाजिक सञ्जालको नियमन आवश्यक रहेकोमा जोड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १३, २०७६ सोमबार २:१९:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/social-media_meSKkCr5qz.jpg)
१३ पुस काठमाडौं । सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकारलगायतले युट्युबलगायतका सामाजिक सञ्जालले समाजमा नकारात्मक कुरालाई बढावा दिएको भन्दै यसको नियमन आवश्यक भएको औँल्याएका छन् ।
सञ्चारिका समूहले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सामाजिक सञ्जालको नियमनको आवश्यक भएको बताएका हुन् । नेपाल दूरसञ्चार संस्थानका अध्यक्ष पुरुषोत्तम खनालले सामाजिक सञ्जालको सबैभन्दा बढी असर बालबालिका र किशोरकिशोरीमा परिरहेको बताए ।
सूचना प्रविधि ऐन पास भएपछि यसले सामाजिक सञ्जाललाई नियमन गर्ने उनले बताए । उनले भने, “परिवारका सदस्यहरु एकै ठाउँमा बसिरहँदा पनि आ–आफ्नै मोबाइलमा इन्टरनेटमा व्यस्त हुने समय आएको छ ।”
राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले युट्युबका सञ्चालक आफूले प्रशारण गर्ने विषयप्रति संवेदनशील हुनुपर्ने बताए । आफ्ना सामग्री परिवारका सदस्यले हेर्दा त्यसको असर के पर्न सक्छ भन्ने विचार गरेर मात्रै सामग्री प्रशारण गर्नुपर्ने उनको सुझाव छ । उनले भने, “भ्युअर बढाउनकै लागि जथाभावी कुरा प्रसारण गर्नु हुँदैन ।”
अग्रज पत्रकार बबिता बस्नेतले मिडिया काउन्सिल ऐनमा नियमनकारी निकायको समेत व्यवस्था हुने भएकाले सामाजिक सञ्जालमा रहेका विकृति हट्ने उनले बताए।
सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीले समूहले मिडियामा पत्रकार महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धिको विषयसँगै लैङ्गिक समानताका पक्षमा वकालत गर्दै आएको बताए । कार्यक्रममा सहभागी युट्युब सञ्चालकले पनि यसलाई नियमन गर्न कानून आवश्यक भइसकेको औँल्याएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति
असार १४, २०८१ शुक्रबार
टेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार