एकैदिन खुल्याे ज्याेति विकास बैंककाे नयाँ तीनवटा शाखा
नेपालबहस संवाददाता
पुस १४, २०७६ मंगलबार ०:३६:१९
१४ पुष, काठमाडैं । ज्योति विकास बैंकले आज सोमबार ३ वटा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले काठमाडौं महानगरपालिकाको रातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला र ललितपुर महानगरपालिकाको झम्सीखेलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो । बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ ज्योति विकास बैंकले ३ नयाँ शाखा संचालनमा ल्याएको जनाएकाे छ ।
ललितपुर महानगरपालिका वडा नं ३ झम्सीखेल स्थित बैंकको नयाँ शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका छन् । उद्घाटनमा बोल्दै महर्जनले बैंकिङ्ग क्षेत्र निकै संवेदनशील रहेको र राष्ट्र बैंकको कडा नियम र अनुशासनमा रहनुपर्ने व्यवस्थाको बीच यस क्षेत्र सशक्त रुपमा अघि बढेको कुरामा जोड दिए । साथै उनले ज्योति विकास बैंकले पनि सोहि अनुरुपको अनुशासनमा रहि उत्कृष्ट सेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताए।
त्यस्तै बैंकको नागार्जुन नगरपालिका वडा नं ४ सीतापाईला स्थित शाखाको उद्घाटन बैंकका पूर्व अध्यक्ष तथा संस्थापक शेयरधनी ध्रुवकुमार उप्रेतीले गरेका थिए भने बैंकको काठमाडौं महानगरपालिका वडा नं ७, रातोपुल शाखाको उद्घाटन संचालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले गरे ।
उद्घाटन समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले बैंकले आवश्यक न्यूनतम चुक्तापूँजी भन्दा बढी चुक्तापूँजी सहित अत्यन्त सबल पूँजीकोष कायम राख्दै एक विशिष्ट वित्तीय संस्था निर्माण गर्ने दिशामा अघि बढेकोले अन्य वित्तीय संस्थाहरुसँग विलय नभई आफै सशक्त रुपले अघि बढ्ने जानकारी प्रदान गरे । साथै व्यवासायिक नाफाभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य गर्न एक विशिष्ट कोष खडा गरी समस्त नागरिकरुको हितमा कार्य गर्न ज्योति विकास बैंक तत्पर रहेको विषय समेत जानकारी गराए ।
उद्घाटन समारोहमा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत मनाेज ज्ञवाली, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३१ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार