चीनमा एघार महिनामा ५० लाख ४९ हजार टन मासु आयात
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १४, २०७६ मंगलबार २:२१:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/meat_WU65eYXffA-e1577717423338_Z4fqoOX8Bz.jpg)
१४ पुस एजेन्सी । चीनले आयातको लागि स्रोतहरूलाई विविध मुलुकसँग जोड्नका लागि सन् २०१९ मा थप १६ मुलुकबाट मासु आयात गरेको चीनको सामान्य भन्सार प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार पहिलो एघार महिनामा चीनले कुल ५० लाख ४९ हजार टन मासु आयात गरेको र यो गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो ।
चीनले नोभेम्बरमा मात्र छ लाख ४४ हजार टन मासु आयात गरेको थियो । यो गत वर्षको सोही महिनाको तुलनामा ८२ प्रतिशत बढी हो । आयात हुने वस्तुको गुणस्तरीयता र सुरक्षालाई प्रत्याभूत गर्न चिनियाँ भन्सार कार्यालयले परिवहनमा नियन्त्रण र संशोधनको नीति लिएको हो । यसबाट मासुमा आफूलाई एकै देशमा आश्रित नबनाउने नीतिलाई पनि अख्तियार गरेको देखिन्छ ।
विभिन्न मुलुकबाट आयात गर्दा बदलामा चीनले ती मुलुकमा आफ्ना अन्य सामानलाई निर्यात गर्ने र चिनिया सामानको बजार पनि बिस्तार गर्ने नीति लिएको देखिन्छ । चीनले विभिन्न एशियाली तथा अफ्रिकी मुलुकहरूमा आफ्नो आयात तथा निर्यातमा सन्तुलन कायम गर्न पनि यो रणनीति लिएको हो ।
जनवरीदेखि नोभेम्बरसम्ममा भन्सारले विभिन्न कृषिजन्य उत्पादनको चोरी पैठारीका ७४३ घटनाले अनुसन्धान गरेको थियो । यसबाट चीनले चार अर्ब ६३ करोड अमेरिकी डलर बराबर राजस्व चुहावटलाई नियन्त्रण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार