फिलिपिन्समा मृत्यु हुनेको संख्या ४७ पुग्यो, ९ अझै बेपत्ता
नेपालबहस संवाददाता
पुस १४, २०७६ मंगलबार २:२७:३
१४ पुस एजेन्सी । फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबारसम्म मृत्यु हुनेको संख्या बढेर ४७ पुगेको छ भने अरु नौ जना अझै हराईरहेका छन् ।
राष्ट्रिय प्रकोप व्यवस्थापन परिषद्का अनुसार मध्य र उत्तरपूर्वी फिलिपिन्सका चार ठाउँमा मृत्यु हुनेहरुको कुल संख्या ४७ पुगेको हो । परिषद्का अनुसार इलोइलोमा १६ जना, कापिजमा ५ जना, अक्लानमा ५ जना, सेबु र दक्षिणी लेयाटमा १-१ जना, लेयाटमा ५ जना, विलिरनमा १ जना, पूर्वी सामरमा ५ जना, सामरमा १ जना, ओरियन्टल मिन्डोरोमा ५ जना र अक्सीडेन्टल मिन्डोरोमा दुई जनाको मृत्यु भएको छ ।
घटनामा परी १४० भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरी र स्थानीय अधिकारीहरुले डुबानमा परेर, रुखले च्यापेर र विद्युतका कारण उनीहरुको मृत्यु भएको जनाएका छन् ।
हजाराँै व्यक्ति अझै पनि विस्थापित भएकोले उनीहरुलाई सहयोगको आवश्यकता भएको बताइएको छ । प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत् सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो ।
कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीले जनाएका छन् । त्यसैगरी सडक र विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्ध गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार