पेन्टागनले मध्यपूर्वमा थप सैनिक पठाउने तयारी
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार १२:५७:२३
१७ पुस एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा देखिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै थप सैनिक पठाउने तयारी गरेको रक्षा अधिकारीहरूले बताएका छन् ।
इराकमा आइतबार अमेरिकी हवाई आक्रमणमा मारिएका हशद शाबी सदस्यहरूको शोकपछि आक्रोशित लडाकूहरूले मङ्गलबार बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए । यसैलाई कारण देखाउँदै संयुक्त राज्य अमेरिकालाई थप सैनिकहरू पठाउन प्रेरित गरेको छ ।
“करिब ७५० अमेरिकी सिपाहीहरू यस क्षेत्रमा तुरुन्तै तैनाथ हुनेछन् र आकस्मिक रक्षा बल (आईआरएफ) बाट थप सेनाहरू आगामी केही दिनमा तैनाद गर्न अमेरिका तयार छ,” रक्षा सचिव मार्क एस्पेरले भने । “यो तैनादी संयुक्त राज्यका कर्मचारी र सुविधाविरूद्ध खतरनाक स्तरको प्रतिक्रियामा लिइएको उचित र सावधानीपूर्ण कार्य हो, जस्तो कि आज हामीले बग्दादमा देख्यौँ,” एस्परले थपे ।
हशद शाबी समूहका लडाकूको नेतृत्वमा धेरै प्रदर्शनकारीहरूले दूतावास बाहिर अमेरिकाको हवाई हमलाको निन्दा गर्दै मङ्गलबार नारालगाएका थिए । त्यसपछि विरोध प्रदर्शन हिंसात्मक भयो जब प्रदर्शनकारीहरूले गार्ड टावर र दूतावासको बाहिरी ढोका जलाएका थिए ।
अघिल्लो साता अमेरिकी सेनाको शिविरमा हिर्काएपछि एक अमेरिकी ठेकेदारको मृत्युभएको थियो भने केही अन्य व्यक्ति घाइते भएका थिए । यसलाई संयुक्त राज्य अमेरिकाले लामो समयदेखि आफ्नो दुश्मन इरानले समर्थन गरेको मिलिशियाको संलग्नता रहेको भन्दै यसको उचित जवाफ दिने बताएको थियो ।
इराकको शिया नेतृत्वमा अर्ध सैनिक कताइब हिज्बुल्लाहद्वारा गठित इराकी हशद शाबीको एक समूहले ड्रोनले सिरिया–इराक सीमा नजिकको अमेरिकी सैनिक शिविरहरूमा बम विष्फोट गर्दा आफ्ना २५ समर्थकको मृत्यु भएकोे र ५१ घाइते भएका बताएको थियो ।
राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीटमार्फत जारी सन्देशमा भने, “अहिले इरानले गोप्यरूपमा अमेरिकी राजदूतावासमा आक्रमण गर्न पुगेको छ । उनीहरू नै यसका लागि पूर्णरूपमा जिम्मेवार हुनुपर्नेछ ।”
इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रीन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
ओपनिङ गर्ने बेला भारतीय क्रिकेटर पटेलको हृदयघातका कारण निधन
मंसिर १४, २०८१ शुक्रबार