खामेनीद्वारा अमेरिकाद्वारा इराकमा गरिएको हवाई आक्रमणको निन्दा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार १३:८:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/aamtul-khani_ULmiCwkoJd.jpg)
१७ पुस एजेन्सी । इराकमा एक लडाकू समूहको प्रदर्शनमा गत साताको अन्त्यमा भएको अमेरिकी हवाई आक्रमणको इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीले बुधबार आलोचना गरेका छन् । खामेनीले अमेरिकी आक्रमणपछि पहिलोपटक प्रतिक्रिया दिँदै अमेरिकी आक्रमणको कडा शब्दमा विरोध गरेका हुन् ।
“इरानी सरकार, देश र मैले अमेरिकी गलत कार्यको कडा शब्दमा निन्दा गर्दर्छौँ,” खामेनीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा हसेद अल–शाबी एक समूहमाथि केही दिन पहिले भएको घातक अमेरिकी हमलाको उल्लेख गर्दै भने ।
पश्चिमी इराकमा गरिएको एक आक्रमणमा उत्तरी इराकको एक सैन्य अड्डामा शुक्रबार एक अमेरिकी नागरिक ठेकेदारको मृत्यु भएको थियो । बदलामा अमेरिकाले हवाई आक्रमण गर्दा करिब २५ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए ।
यसको विरोधमा उत्रिएका इराकी नागरिकको एक समूहले बुधबार इराकस्थित अमेरिकी राजदूतावासमा आगजनीको प्रयास गरेको थियो । बग्दादस्थित अमेरिकी दूतावासमा एक प्रदर्शनकारी समूहले आक्रमण गरेको र यस घटनामा इरानी सत्ताको घुसपैठ भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानमाथि आरोप लगाए ।
अमेरिकी राष्ट्रपतिको ट्वीटर सन्देशप्रति प्रतिक्रिया जनाउँदै खामेनीले भने, “ती व्यक्ति (राष्ट्रपति ट्रम्प) ले संयुक्त राज्य अमेरिकाले बग्दादमा भएको घटनाको लागि इरानलाई जिम्मेवार देख्ने बताएका छन् र भनेका छन् हामी इरानलाई जवाफ दिनेछौँ ।”
खामेनीले भनेो, “पहिलो, तपाई केही गर्न सक्नुहुन्न । दोस्रो, तपाई तार्किक हुनुहुन्न, यदि तार्किक थिए भने तपाईले थाहा पाउनु भएको छ कि इराक, अफगानिस्तानमा तपाईको अपराधले ती राष्ट्रहरुले तपाईलाई घृणा गरेका छन्,” उनले ट्वीटमा भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार