मौसम बदलीसंगै वर्षा र हिमपातको संभावना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार १३:५८:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/mausamaa_3QPNWDLsOJ.jpg)
१७ पुस काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसंगै वर्षा र हिमपातको संभावना रहेको जनाएको छ । महाशाखाले चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।
वरिष्ठ मौसमविद् राजु प्रधानांगले देशैभर मौसम बदली भइरहेको बताए । मौसममा बदली बइरहँदा न्यूनतम तापक्रम बढिरहेको उनले बताए । काठमाडौंमा पनि सामान्य बदली भइरहेको छ । बुधबारको काठमाडौंके न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेकामा बिहीबार ५ः३० बजे ४.५ डिग्री सेल्सियस रहेको थियो ।
प्रधानांगले पश्चिम न्यून चापिय प्रभाव रहेको र यो शनिबारसम्म रहने बताए । बिहीबार हिमाली र उच्च पहाडी भेकमा हिमपातको सम्भावना, पश्चिम र तराईका भेकमा वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभावले हुस्सू र कुहिरो तराईबाट हटेर जाने प्रधानांगले जनाएका छन् । उनले भने, ‘केही दिनपछि यो प्रभाव कमजोर भएर जानेछ । शनिबारसम्म प्रभाव रहने छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १७ गते (बिहिबार)
दिउँसो : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।
पौष १८ गते (शुक्रबार)
दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
पौष १९ गते (शुनिबार)
दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):– मौसम बदलि संगै वर्षा/हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
असार १५, २०८१ शनिबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार