नेकपाको सचिवालय बैठक बस्दै: सभामुख पूर्व एमालेकै भागमा पार्न राष्ट्रियसभामा मिलाइने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार २०:३२:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/oli-prachanda-bishnu_3afd8dZFRq.jpg)
१७ पुष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले रिक्त सभामुख पदमा आफ्नो दावी प्रस्तुत गरेपनि नाममा सहमति जुटाउन नसक्दा समस्या देखिएको छ । पुस ४ बाट सुरु संसदको हिउँदे अधिवेशनको पहिलो कार्य सूचीमा परेको सभामुख चयन प्रक्रिया नै अहिले अवरुद्ध भएको छ ।
नेकपा भित्र सभामुखबारे एकमत नहुँदा संसद अधिवेशन नै बन्धक बन्न पुगेको हो । सभामुख चयनमा नेकपाले निकास नदिएको भन्दै सबैतिरबाट आलोचना भएको छ ।
गत मंगलबारका लागि डाकिएको प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचन प्रकृया सुरु गर्ने भनिएको थियो । तर दल भित्र सहमति नभएकाले अघिल्लै दिन अर्थात पुस १५ गते सूचना टाँसेर २७ गतेका लागि सारिएको छ । यसै प्रसंगमा छलफल गर्न आज बेलुकी ४ बजे पार्टी सचिवालयको बैठक डाकिएको छ ।
दुई अध्यक्षबीच नाममा सहमति नभएसम्म सचिवालय बैठकमा छलफल गर्नुको कुनै अर्थ नरहेको एकजना सचिवालय सदस्यले बताएका छन् । बरु आजको बैठकमा राष्ट्रियसभामा रिक्त सदस्यको निर्वाचनका सन्दर्भमा भने छलफल हुने ती सदस्यले बताए ।
राष्ट्रियसभा सदस्यमा पूर्वमाओवादी पक्षलाई बढी दिएर सभामुख चाहिं पूर्वएमाले पक्षले लिने तयारी गरेको पनि जानकारी दिइएको छ । आज यसबारे सचिवालयमा छलफल हुने र टुंगोमा पुगिने पनि उनले बताए ।
सभामुखमा पूर्व एमाले पक्षले सुभाषचन्द्र नेम्बाङ र माओवादी पक्षले अग्निप्रसाद सापकोटाको नाम अघि सारेको छ । यस्तै राष्ट्रपति बिधादेवी भण्डारीले वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु पर्ने अडान लिईरहेको नेकपा वृत्तमा चर्चा हुने गरेको छ ।
आजको सचिवालय बैठकले सभामुखको नाममा सहमति जुटाउने एउटा आधार भने पक्कै तयार गर्ने छ – ती नेताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार