सूचना तथा सञ्चार प्रविधि विधेयकमा भ्रम फैलाइयो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार २३:२६:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/gokul-1-e1577966140132_6CdFMRSDhU.jpg)
१७ पुस काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छन ।
बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त बिधेयकका बारेमा तथ्यलाई छोपेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।
नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालहरु दर्ता गर्नेपर्ने भन्दै उनले प्रत्येक नागरिकले दर्ता गर्नुपर्छ भन्ने तरिकाले हल्ला फैलाइएको बताए । यस्तै, विधेयकको धारा १५ को उपदफा २ मा कसैको बारेमा उजूरी पर्यो भने मात्रै सरकारले अनुसन्धान गर्ने उल्लेख भएको बताए । उनले कानून विपरीत नभए कसैलाई पनि कारबाही नहुने स्पष्ट पारे । अर्को प्रसंगमा उहाले उखु किसानलाई राहत दिने हिसावमा सरकार अघि बढेको भन्दै किसानलाई मर्कामा पार्ने उद्देश्य नरहेको बताए ।
मन्त्रीपरिषद् बैठकले ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा काठमाडौं टोखाका नरेशराज अर्याललाई पुन नियुक्त गरेको छ । सरकारका प्रवक्ता बाँस्कोटाले अर्याललाई पाँच वर्षका लागि पुन नियुक्ति दिने निर्णय गत पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए ।
बैठकले साँस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारी र संस्थानको महाप्रबन्धकमा ताप्लेजुङका अशोकुमार राईलाई नियुक्त गरेको उनले बताए । त्यस्तै बैठकले गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चार जना इजिप्सियन नागरिकको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार छ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाखसमेत मिनाहा गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले चक्रपथ विस्तार परियोजनाअन्तर्गत कलंकी महाराजगञ्ज धोबिखोला खण्डको सडकसिमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार