राष्ट्रियसभा उम्मेद्वारको नाम टुंगो लगाउने जिम्मा पदाधिकारीलाई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १७, २०७६ शुक्रबार ०:३७:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/congress89-1_iLOpvp9QUL-e1572507054167_xm5tlrLA9D.png)
१७ पुस काठमाडौं । प्रमुख बिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेद्वारको नाम टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ ।
राष्ट्रियसभामा पठाउने उम्मेदवार चयन गर्न पार्टी केन्द्रीय मुख्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको हो ।
बैठकमा कांग्रेस महामन्त्री पुर्ण बहादुर खड्काले सो प्रस्ताव राखेका थिए । पुस ११ गतेको केन्द्रीय समितिको बैठकको निर्णयप्रति असहमति जनाउँदै पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ । तर आजको बैठकमा उपस्थित नभए पनि पौडेल समूहसंगको छलफलपछि पदाधिकारीलाई जिम्मा दिने निर्णय गरिएको हो ।
राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ । बैठकले उखुकिसानको माग छिटो भन्दा छिटो पुरा गर्न सरकारको ध्यानाकर्षण समेत गराएको प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।
सूचना प्रविधी सम्बन्धी बिधेयक तथा नेपाल बिशेष सेवा समबन्धी बिधेयकका बिरुद्ध दृढतापूर्ण उभिने निर्णय पार्टीले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार