विश्वराजको मेट्रो कमाण्ड : घुमुवा टोलीको औचित्य देखिएन, आजैका मितिदेखि खारेज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १७, २०७६ शुक्रबार २:२४:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/bishwowraj_fdS15HJMLW.jpg)
१७ पुष, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नेतृत्व सम्हालिरहेका छन् । उनी मेट्रो प्रमुख भएर आएको दुई साता नबित्दै सादा पोसाकमा उपत्यका खटिने ‘घुमुवा प्रहरी’ लाई हटाएका छन् ।
मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा काम गर्दै आएको र महानगरीय अपराध नियन्त्रण महाशाखाको टोली सादा पोशाकमा खटिने भएकाले यसरी घुमुवा टोली हटाएको कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिए ।
“घुमुवा टोलीको औचित्य देखिएन, आजैका मितिदेखि खारेज गरिएको छ, अब उनीहरु सबै पोशाक लगाएर शान्ति सुरक्षामा खटिनेछन्”, प्रहरी नायब महानिरीक्षक पोखरेलले भने :– “उनका अनुसार उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा २१ जनासम्म घुमुवा टोली परिचालन हुँदै आएका थिए ।”
कार्यालयका एक प्रहरी अधिकृतले घुमुवा टोलीबाट अधिकार दुरुपयोगको सम्भावना बढेको बताए । उनीहरुप्रति प्रहरी सङ्गठनभित्रै र बाहिर पनि सकारात्मक दृष्टिकोण नभएकाले हटाउनु परेको जनाइएको छ । कार्यालय स्थापनादेखि यहाँ सादा पोशाकमा प्रहरी परिचालन हुँदै आएका थिए । प्रमुख फेरिएसँगै उनीहरु पनि फेरिन्थ्यो । यसपटक टोली हटाइएको सम्भवतः यो पहिलो हो ।
उपत्यकाको शान्तिसुरक्षामा कुनै पनि कसर बाकी नराखी नागरिकले प्रत्यक्ष महसशुस गर्ने गरी प्रहरीले शान्तिसुरक्षा प्रबर्धन गर्ने प्रहरी नायव महानिरीक्षक पोखरेलले बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका -१३ समुदाय प्रहरी वडा समितिले विहिबार कालीमाटी व्याङक्टैमा आयोजना गरेको शान्तिसुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्वहरूको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । पोखरेलले समुदायसँग प्रहरीले हरेक कार्यमा सहकार्य गर्दै अगाडि बढने तर त्यसको गलत फाईदा उठाउन खोजी कानून हातमा लिई अराजक गर्ने कसैलाई पनि नछाडी कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अबसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलीभुत बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभुत कुराहरू कानूनमा आधारित प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थविना कार्य गर्ने बताए । महानगरीय प्रहरीको जिम्मेवारी पाउनु अबसर र चुनौती दुवैको रूपमा आफुले लिएको बताउदै उपत्यकालाई शान्तिसुरक्षा कायम गर्न जिम्मेवारी सम्हालेदेखिनै रातको समयमा पनि आफु स्वयम विभिन्न ठाउमा खटिने गरेको बताए ।
कार्यक्रममा सहभागीहरूको जिज्ञासाको जवाफ दिदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले शान्तिसुरक्षामा उपलव्धि हासिल गरेको घटनाको स्मरण गराउदै नागरिकको सुचनाले नै अपराध नियन्त्रणमा ठुलो भुमिका खेल्ने हुनाले समयमै सुचना दिन आग्रह गरे । शंकास्पद ठाउँहरूमा तुरून्तै प्रहरी परिचालन गर्ने, सडक दुर्घटना न्युनीकरणको लागि आवश्यक छलफल गरी नागरिकसँगको समन्वय र सहकार्यमा उपयुक्त कदम चाल्ने बताए ।
महानगरीय प्रहरी वृत्त कालिमाटी, सामुदायिक सेवा केन्द्र कुलेश्वरको सह-आयोजनामा संचालन भएको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा न. १३ का वडा सदस्य एवं समुदाय प्रहरी टोल सुधार समितिका संयोजक रामबाबु कोईरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी, समासेवी नागरिकहरूको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन
असार १२, २०८१ बुधबार
पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग प्रधानमन्त्री मोदीको लन्च भेट
असार २०, २०८१ बिहिबार
सहकारी ठगीका विषयमा छलफल गर्न छानबिन समितिले बोलायो प्रहरी प्रमुख र गृहसचिव
असार २०, २०८१ बिहिबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार