नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगियो, शुक्रबार पुन: बैठक बस्ने
नेपालबहस संवाददाता
पुस १७, २०७६ शुक्रबार ३:१०:३४
१७ पुस काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चयन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ घण्टासम्म चलेको बैठकले उम्मेदवार छनोटमा विवाद देखिएपछि कुनै निर्णय लिन सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक शुक्रबार बिहान साढे ८ बजे बोलाइएको छ । बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन गर्ने प्रस्तावमाथि छलफल भए पनि कुनै निर्णय नभएको उनले बताए ।
राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ । जसमा १८ जना सदस्य निर्वाचित भएर आउने छन् । सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार
मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली
असार १४, २०८१ शुक्रबार
प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण
असार १४, २०८१ शुक्रबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार