आजदेखि पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा उत्पादन व्यापार मेला
नेपालबहस संवाददाता
पुस १८, २०७६ शुक्रबार १३:५२:३०
१८ पुस पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा आजदेखि आयोजना हुने व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादन पाइने भएको छ ।
मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्यौगिक तथा घरेलु उत्पादनका स्टल रहेको जानकारी दिँदै सङ्घका महासचिव तथा मेला प्रचारप्रसार समितिका संयोजक अर्जुन पोखरेलले दैनिक उपभोग्य वस्तु, लत्ताकपडादेखि गाडी र फूलहरु पनि मेलामा प्रदर्शन तथा बिक्रीका लागि राखिएको बताए ।
चालीसको दशकमै पहिलो पटक पोखरामा व्यवस्थितरूपमा मेला आयोजना गरेको भन्दै सङ्घले २०५२ सालमा आयोजित पोखरा महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाका पछिल्ला संस्करणबाट उद्यमशीलता वृद्धि तथा आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान गरिरहेको जिकिर गरेको छ ।
देशभर मेला र महोत्सव आयोजना गर्ने लहर चले पनि पोखरामा आयोजना हुने व्यापार मेला ती भन्दा फरक रहेको दावी गर्दै महासचिव पोखरेलले मेला नाफामूलक नभई सहभागितामूलक भएको बताए ।
मेलाको प्रवेश टिकट सर्वसाधारणका लागि ६० र विद्यार्थीका लागि ४० रुपैयाँ राखिएको छ । टिकट काटेबापत नेपाल टेलिकमसँगको सहकार्यमा ५० रुपैयाँ ब्यालेन्स भएको नेपाल टेलिकमको प्रिपेड सिम दिइने व्यवस्था मिलाइएको सङ्घका उपाध्यक्ष तथा प्रायोजन व्यवस्थापन उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिए ।
सिमकार्डका लागि एउटा फोटो र नागरिकताको फोटोकपी पनि साथै ल्याउन आग्रह गर्दै उनले यो योजनालाई टिकटमा खर्चेको पैसा फिर्ता भएको मान्दा पनि हुने उल्लेख गरे । प्रवेश टिकटमा दैनिक एकजनालाई भाग्यशाली चिठ्ठामार्फत प्याराग्लाइडिङको व्यवस्थासहित अन्य आकर्षक उपहार र बम्पर उपहार पनि राखिएको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार